‘दोषी को ?’ को पहिलो गीत सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, १६ बैशाख २०७६, १५ : २१
‘दोषी को ?’ को पहिलो गीत सार्वजनिक

काठमाडौं  । करण फिल्मस् प्रोडक्सनको प्रस्तुतिमा गोपी अधिकारीको प्रस्तुति रहेको फिल्म ‘दोषी को ?’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘परेली बन्द गर’ रोमान्टिक गीतमा गायिका अन्जु पन्त र गायक गोपी अधिकारीको स्वर रहेको छ ।
गीतमा माया र प्रेमको सम्वाद रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । गोपी अधिकारीको शब्द तथा संगीत सो गीतलाई सन्तोष सुनामले एरेन्ज गरेका हुन् । 

निमा लामा तामाङले निर्देशन गरेको फिल्मले प्रेमकथा बिषय बनाएको छ । विश्वास भण्डारीको छायाँकन तथा सम्पादन रहेको फिल्ममा करण थापा, मिठ्ठु आले, रमेश रेग्मी, रविना थापा, नेहा गौत्तम, विजयराहु मगर, सुवास नेपाली र सपना लामाको अभिनय देख्न सकिन्छ । 

 

प्रतिक्रिया दिनुहोस