लघुकथा : तुलना

सोमबार, १६ बैशाख २०७६, ११ : ०८
लघुकथा : तुलना

- जीवन दाहाल

चरिरहेको सुँगुरलाई राजनीति गर्नेका पछि लागेर जान्नेसुन्नेमा गनिएको डुलुवा कुकुरले सोध्यो-"के गर्दै हौ मित्र ?"

भुइँमा जोतिरहेको थुतुनो नउचाली सुँगुरले भन्यो-"के हुनु नि चर्दै ।"

"हैन,समय कहाँबाट कहाँ पुगिसक्यो"- कुकुर फतफतायो, अनि "सधैं यही यौटै कुरामात्र खाइरहनु पर्दा वाक्क लाग्दैन तिमीलाई चैं ?"- खिज्याएको लवजमा प्रश्न गर्‍यो-

र मुख मिठ्याउँदै भन्यो"-आहा ! आज त यति मीठो खानेकुरा खान पाइयो-यति मीठो खानेकुरा खान पाइयो एउटा पार्टीमा कि ? कुरै नगरौं स्वाद र वास्नाको त ।"

कुकुरको कुरा सुनेर आश्चर्य मान्दै सुँगुरले थुतुनो उचालेर सोध्यो-"गुभन्दा पनि मीठो ?"

गौरादह-७,झापा ।

प्रतिक्रिया दिनुहोस