सर्वसाधारण आन्दोलनमा : खुलामञ्चका सटर भत्काउन वैशाख मसान्तसम्मको अल्टिमेटम

पत्रपत्रिकाबाट

शुक्रबार, १३ बैशाख २०७६, ०६ : ३२
सर्वसाधारण आन्दोलनमा : खुलामञ्चका सटर भत्काउन वैशाख मसान्तसम्मको अल्टिमेटम

 

काठमाडौं । राजधानीको खुलामञ्च अतिक्रमण गरी बनाइएका सटर तथा स्टल वैशाख मसान्तसम्म हटाउन स्थानीयले काठमाडौं महानगरपालिकालाई अल्टिमेटम दिएका छन् । ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले अतिक्रमण गरी ४० भन्दा बढी सटर बनाएपछि स्थानीय आन्दोलित भएका हुन् ।

१५ लाखसम्म सलामी असुल 
महानगरपालिकासँगको सम्झौताविपरीत ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले खुलामञ्च अतिक्रमण गरेर ४० भन्दा धेरै सटर बनाई भाडामा लगाएको छ । ठाउँ उपलब्ध गराएबापत कम्पनीले प्रत्येक व्यापारीबाट प्रतिसटर १५ लाख रुपैयाँसम्म सलामीसमेत उठाएको छ । सलामी रकम नबुझाउने व्यापारीलाई कम्पनीले बसपार्क प्रवेशमै रोक लगाएको छ । 

गुठीको एक रोपनी जग्गा पनि अतिक्रमण
खुलामञ्चसँगै रहेको दुईमाजू गुठीको करिब एक रोपनी जग्गा पनि अतिक्रमण गरी व्यापारिक प्रयोजनमा लगाइएको छ । ३२ वटा स्टल बनाइएको सो जग्गा प्रतिमहिना १५ हजार रुपैयाँ भाडा बुझाउने गरी गुठी संस्थानबाट लिइएको हो । तर, व्यवस्थापकले सोही जग्गा भाडामा लगाएर महिनामा झन्डै पाँच लाख रुपैयाँ संकलन गरिरहेको छ । यो समाचार आज को नयाँ पत्रीका दैनिकमा टेकराज थामीले लेखेका छन । 

प्रतिक्रिया दिनुहोस