सम्पत्ति शुद्धीकरण अनुसन्धान निराशाजनक, नेपाल कालोसूचीमा पर्ने जोखिम

पत्रपत्रिकाबाट

विहीबार, १२ बैशाख २०७६, ०७ : ००
सम्पत्ति शुद्धीकरण अनुसन्धान निराशाजनक, नेपाल कालोसूचीमा पर्ने जोखिम

काठमाडौँ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फितलो कामकारबाहीका कारण नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को कालोसूचीमा पर्ने जोखिम बढेको छ ।

विभाग कानुनी हैसियत र अधिकारका हिसाबले अख्तियार दुरुपयोग अनुसन्धान आयोगभन्दा बलियो छ । तर, हैसियतअनुसार विभागले प्रभावकारी काम गर्न सकेको छैन । यसले आवश्यकताअनुसारको प्राशसनिक स्वरुप पनि पाएको छैन । 

‘विभागको अवस्था सुधार नगर्ने हो भने आगामी दिनमा नेपाल एफएटिएफको कालोसूचीमा पर्ने जोखिम छ,’ विभागका एक पूर्वमहानिर्देशकले भने ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस