अन्तर्वार्ता

'जिल्लाका दुवै पार्टीका तत्कालिन अध्यक्षले नै नेतृत्व गर्ने गरि एकता टुग्यायौं'

पूर्व प्रधानमन्त्री झलनाथ खनालको ताजा अन्तर्वार्ता

सफल खबर संवाददाता

सोमबार, ०९ बैशाख २०७६, ०७ : ३३
'जिल्लाका दुवै पार्टीका तत्कालिन अध्यक्षले नै नेतृत्व गर्ने गरि एकता टुग्यायौं'

नेकपा सचिवालय वैठकले खास के निर्णय ग¥यो ?

 

हामीले जिल्लाको एकीकरणका सन्र्दभमा जिल्ला कमिटिका अध्यक्ष र सचिवको टुंगो लगाएका छौं । ७७ ओटै जिल्ला कमिटिको । आज सूचि पाउनुहुन्छ तपाईहरुले । काहा कुन जिल्लामा को अध्यक्ष र सचिव भए भन्ने सूचि पार्टीका तर्फवाट आज सार्वजनिक हुन्छ ।

जिल्लामा इन्चार्ज र सहइन्चार्ज को हुने भन्ने चँही टुगिएको छैन ?
त्यो विषयमा टुंगो लागेको छैन । केन्द्रीय नेताहरुको कार्यविभाजनका क्रममा मात्र यो विषय टुगो लाग्छ । त्यसकारण अहिले इन्चार्ज, सहइन्चार्ज टुगिएको छैन । अहिले अध्यक्ष र सचिव टुंगो लागेको हो ।

जनवर्गाीय संगठन, पोलिटब्यूरो गठनका विषयमा के भयो ?
जनवर्गीय संगठनको एकता पनि वाकी छ । हामीसँग २२ ओटा जनवर्गीय संगठन छन्, तिनिमध्ये केहीको एकता भईसकेको छ । तर पनि मुख्य जनवर्गीय संगठनको एकता भएको छैन । त्यो पनि वाकी छ । पोलिटब्यूरो गठन गर्ने सहमति भएको छ । विधानमा पनि ब्यवस्था छ । त्यो पनि अव छिटै हुन्छ  । त्यो टुंिगन्छ । पहिला यो जिल्लाको कठिनाई थियो टुग्याउन । जिल्लाको टुग्गियो । यसले गर्दा एकीकरण वेसिकल्ली (आधारभूत) रुपमा टुगियो ।

मापदण्डका विषयमा विविध विचारहरु थिए, एकीकरणका क्रममा, अहिले कुन मापदण्ड र विधिका आधारमा एकता प्रक्रिया टुंगो लगाइयो त ? यो विषय सर्वत्र चासोको विषय पनि छ ।
मापदण्ड के वनाइयो भने जुन जुन जिल्लामा एमालेको नेतृत्व प्राप्त भयो, हिजो जुन कमिटिको अध्यक्ष जो थियो, निर्वाचित अध्यक्ष , अहिले पनि अध्यक्ष प्राप्त हुदा उसैले गर्ने, सचिव हुदा पनि त्यसैले गर्ने भन्ने समझदारीका आधारमा एकता प्रक्रिया टुगो लगाएका छौं । जिल्लामा अध्यक्ष र सचिव दुई जना पदाधिकारी हुन्छन्, नेतृत्व एमालेले प्राप्त गरेको ठाउमा एमालेको अध्यक्ष र माओवादीको जो जिल्लामा संगठन प्रमुख छ, ऊ चही सचिव हुने भयो । यस्तै माओवादीले पाएकोमा अध्यक्ष त्यसैगरि र सचिव पनि त्यसै गरि टुंगो लगाएका छौं ।

जिल्ला मा पनि तत्कालिन पार्टीका वीचमा भागवन्डा भएको होला नी, कति जिल्लाको नेतृत्व पूर्व एमाले र कति जिल्लाको नेतृत्व पूर्व माओवादीले गर्ने छन् ?
जिल्ला नेतृत्वका विषयमा करिव ४५ आसपासको नेतृत्व तत्कालिन एमाले र वाकी जिल्लाको नेतृत्व तत्कालिन माओवादीले नेतृत्व् गर्ने गरि भागवन्डा लगाइएको छ।

 जिल्ला नेतृत्व चयन गर्न वनाइएको मापदण्ड जनवर्गीय संगठनको एकता गर्दा पनि लागु हुन्छन की अन्य खालको मापदण्ड वन्छ ?
जिल्लाको नतेृत्व चयनको मापदण्ड जनवर्गीय संगठनको नेतृत्व चयनमा लागु हुदैन । जनवर्गीय संगठनको एकताका लागि अलग्गै मापदण्ड वन्छन् । जनवर्गीय संगठन आम वेसमा रहेको संगठन हरु हुने भएकाले त्यसमा फरक खालको मापदण्ड वनाउनु पर्ने हुन्छ । त्यसो हुदा विगतमा जनवर्गीय संगठनका सवालमा कार्यदलहरुले दिएको रिपोटलाई आधार वनाएर अलग्गै मापदण्ड वनाएर एकताको काम टुगो लगाउने काम हुन्छ ।

आज पार्टी स्थापना दिवसको कार्यक्रममा जिल्ला अध्यक्ष र सचिवको नाम सार्वजनिक हुन्छ ?
हो  । त्यही तयारी छ ।

प्रतिक्रिया दिनुहोस