टिकटक गर्ल प्रिन्सी र प्रिज्मा अभिनित प्रमोद खरेलको 'झुमा झुमा' युट्युब ट्रेन्डिङ्गमा

सफल खबर संवाददाता

आइतबार, ०८ बैशाख २०७६, १५ : ०९
टिकटक गर्ल प्रिन्सी र प्रिज्मा अभिनित प्रमोद खरेलको 'झुमा झुमा' युट्युब ट्रेन्डिङ्गमा

काठमाडौं । प्रमोद खरेलको  'झुमा झुमा' गीत युट्युबको एक नम्बर ट्रेन्डिङ्गमा आएको छ ।  'ओइ झुमा'को सफलतापछि गायक प्रमोद खरेलले 'झुमा झुमा' दर्शकबीच ल्याएका हुन् । आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार दिउँसो ४ बजे गायक खरेलले  झुमा झुमा गीत सार्वजनिक गरेका थिए । उनको म्यूजिक भिडियो हालसम्म (समाचार तयार पार्दासम्म) युट्युबमा १० लाख ३ हजार ९ सय ८८ पटक हेरिएको छ ।

भिडियोमा चर्चित मोडल पल शाह र गायक खरेलसँग जुम्ल्याह दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाले अभिनय गरेका छन् । टिकटकमा निकै रुचाइएका प्रिन्सी र प्रिज्माको यो दोस्रो म्युजिक भिडियो हो । 

झुमा झुमामा हिमांशु रायमाझीको शब्दमा भीम बिसीले संगीत भरेका छन् । भिडियोमा शुभम भुजेलले कोरियोग्राफ गरेका छन् भने दिपक आचार्यले निर्देशन गरेका छन् । 
 

 

प्रतिक्रिया दिनुहोस