चलचित्र कप्सको सुन्दरी देखेर आँखा सन्कियो....

सफल खबर संवाददाता

शनिबार, ०७ बैशाख २०७६, १८ : ४०
चलचित्र कप्सको सुन्दरी देखेर आँखा सन्कियो....

काठमाडौं । आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र ‘कप्स’ (सत्यम सेवा सुरक्षणम्)को दोश्रो गीत शनिबार दिउँसो रिलिज गरिएको छ । सुन्दरी देखेर आँखा सन्कियो...बोलको यो आईटम गीतमा कुनै डान्स क्लबमा नृत्यको दृष्य देखाईएको छ । त्यहाँ फिल्मका खलचरित्रहरु छन् । उनीहरुको निगरानी गर्न प्रहरी अधिकारी अभिनेता अनुप बिक्रम शाही पुग्छन् । 
यो गीतलाई मिना निरौला र स्वयम्भुराज शाक्यले गाएका हुन् । जसमा स्वयम्भुराज शाक्यलकै संगीत छ । गीतको रचनाकार सुरेन्द्र राना हुन् । 
यो चलचित्रलाई अग्रज कलाकार सम्राट सापकोटाले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्रको कथा अनुसार राखिएको यो आईटम गीत हो । यो चलचित्र प्रहरी सेवाको कथामा केन्द्रित रहेको निर्देशक सापकोटाले बताए । गीतमा नृत्य कलाकार रिया प्रधानकोे नृत्य निकै आकर्षक बनेको छ । गीतको नृत्यलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । 
यो चलचित्रमा अनुपबिक्रम शाहीसँगै, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठलगायतको अभिनय छ । आर्या मुभिज र सारा श्री मूभिजले निर्माण गरेको यो चलचित्रमा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन, साम्राट सापकोटाकै लेखन रहेको छ । यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् । 


 

प्रतिक्रिया दिनुहोस