चर्चित गायिका अडेल र साइमनबीच सम्बन्धविच्छेद

एजेन्सी

शनिबार, ०७ बैशाख २०७६, १४ : ३२
चर्चित गायिका अडेल र साइमनबीच सम्बन्धविच्छेद

बेलायत । चर्चित गायिका अडेलले पति साइमन कोनेक्कीसँग सम्बन्धविच्छेद गरेकी छिन् । अडेलका प्रतिनिधि बेनी टारान्टिनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अडेल र उनका पार्टनर अलग भएका छन् । दुवै जनाले मिलेर आफ्नो सन्तान हुर्काउनेमा प्रतिबद्धता जनाएका छन् । उनीहरुले यस विषयमा गोपनियताको माग गरेका छन् । यसबारे थप प्रतिक्रिया दिइने छैन ।’

अडेल र कोनेक्कीका एक छोरा एन्जेलो रहेका छन् । एन्जेलोको सन् २०१२ मा जन्म भएको थियो ।

ग्रामी विजेता गायिकाले आफ्नो व्यक्तिगत जीवन र कोनेक्कीसँगको सम्बन्धबारे गोपनियता अख्तियार गर्ने गरेकी छिन् । सन् २०१७ सम्म उनले कोनेक्कीसँगको सम्बन्धबारे केही खुलाइएकी थिइनन् । त्यसपछि एक कन्सर्टका दौरान उनले आफूलाई ‘विवाहीत’ भनेर सम्बोधन गरेकी थिइन् ।

कोनेक्की लाइफ वाटर र च्यारेटी ड्रपफोरड्रपका सह–संस्थापक हुन् ।

प्रतिक्रिया दिनुहोस