भिभिआइपी हेलिकप्टर खरिदः साढे १४ करोड अतिरिक्त व्ययभार

पत्रपत्रिकाबाट

विहीबार, ०५ बैशाख २०७६, ०७ : ०७
भिभिआइपी हेलिकप्टर खरिदः साढे १४ करोड अतिरिक्त व्ययभार

प्रतिकात्मक फोटो

काठमाडौँ । नेपाली सेनाको भिभिआइपी मिडियम हेलिकप्टर अगस्टा वेस्टल्यान्डको खरिद गर्दा साढे १४ करोड अतिरिक्त व्यवभार थपिएको छ ।

हेलिकप्टर खरिदको आर्थिक प्रस्ताव स्वीकृतिमा ढिलाइ भएकाले अतिरिक्त व्ययभार व्योहोर्नु परेको हो । यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् । 

२०७४ कात्तिक ३० मा हेलिकप्टर खरिदका लागि सम्झौता भए पनि प्रतीतपत्र खोल्ने प्रयोजनका लागि राष्ट्र बैंकलाई माघ १० गते एक अर्ब ७० करोडको चेक पठाइएको थियो । तर रकम अपुग भएका कारण कारबाही अघि नबढाइएकाले २०७५ वैशाख २० मा १९ करोड १८ लाख थप गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस