Safal Khabar - वाग्लेको गीतमा परियारको स्वर, अधिकारी र विकको अभिनय
बुधबार, ०४ असार २०७६ (Wednesday, 19 June, 2019)
वाग्लेको गीतमा परियारको स्वर, अधिकारी र विकको अभिनय
सोमबार, ०२ बैशाख २०७६, १० : ३३
वाग्लेको गीतमा परियारको स्वर, अधिकारी र विकको अभिनय

काठमाडौं । नयाँ बर्ष २०७६को उपलक्ष्यमा गीतकार सुरेश वाग्लेको ‘ह्याप्पी ह्याप्पी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।  
उक्त गीतमा हरि लम्सालको सङ्गीत तथा गायक शिव परियारको स्वर सुन्न सकिन्छ। चर्चित नृत्य समूह ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आस्मा विकसहित साथीहरुको अभिनय रहेको गीतका भिडियोमा गायक परियारको समेत अभिनय देख्न सकिन्छ।

सार्वजनिक आधुनिक रोमान्टिक गीतको भिडियोलाई राम केसीले छायांकन गरेका हुन् भने, भिडियोमा राजीभ समरको कोरियोग्राफी तथा टेकेन्द्र शाहको निर्देशन, सम्पादन, कलरिङ तथा, भिएफएक्स रहेको छ । गायक शिव परियारले आफूले मेहनतका साथ गीतमा न्याय गरेको भन्दै गीतको सफलता प्रति आशा व्यक्त गरे । गायक शिव परियारको गीतमा पहिलो पटक काम गर्न पाएकोमा सरोज र आस्माले खुसी व्यक्त गरे ।

गत वर्ष सार्वजनिक एकल एल्वम ‘तिमी साथ भएपछि’ का गजलहरू लोकप्रिय भएपछि उत्साहित भएका वाग्ले यो गीतबाट निकै आशावादी रहेको बताए । विगत लामो समयदेखि अमेरिकाको वोस्टनमा बस्दै आएका रचनाकार वाग्ले बोस्टनस्थित हिमालयन कल्चरल एकेडेमीका अध्यक्ष हुन् । 

प्रतिक्रिया दिनुहोस