Safal Khabar - म कुनै दिन हलिउड जानेछु र चाँडै आउनेछु : आलिया भट्ट
बुधबार, ०४ असार २०७६ (Wednesday, 19 June, 2019)
म कुनै दिन हलिउड जानेछु र चाँडै आउनेछु : आलिया भट्ट
आइतबार, ०१ बैशाख २०७६, १६ : ५०
म कुनै दिन हलिउड जानेछु र चाँडै आउनेछु : आलिया भट्ट

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टले हलिउडमा राम्रो अवसर मिले काम गर्ने इच्छा व्यक्त गरेकी छन् । उनी चाँडै 'बाहुबली' फेम्ड निर्देशक एस एस राजामौलीको बहुप्रतिक्षीत फिल्म ‘आरआरआर’ बाट तेलुगु फिल्म उद्योगमा प्रवेश गर्दैछिन् । यसमा राम चरण र जुनियर एनटिआर लिड रोलमा छन् । आलिया नयाँ उद्योगमा प्रवेश गर्नु मुश्किल रहेको बताउँछन् । 
 
उनी भन्छिन्, ‘मलाई विश्वास छ कि, म कुनै दिन हलिउड जानेछु र चाँडै आउनेछु । यो बिल्कुलै एक नयाँ उद्योेगमा पाइला राख्नुजस्तो हो र यो सजिलो त पक्कै हुँदैन । तर, मलाई यो गर्नुछ ।’ हालै उनले आफूभन्दा २६ वर्ष जेठा सलमान खानसँग काम गर्ने विषयलाई लिएर पनि बयान दिएकी छन् । दुईको उमेरलाई लिएर अहिले सोसल मिडियामा ट्रोल बनिरहेको छ । 
 
यस विषयमा आलिया भन्छिन्, 'यसमा मैले कुनै क्रिटिसिजम देखिनँ, म त निकै धेरै एक्साइटमेन्ट छु ।' भेट्रान निर्देशक सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘इन्साअल्ला’ मा सलमान र आलियाको जोडी बाँधिएको छ । दुईले पहिलो पटक काम गर्न लागेका हुन् । दुईबीच उमेरमा ठूलो अन्तर भएका कारण पर्दामा उनीहरुको जोडी नसुहाउने टिका-टिप्पणी भइरहेको छ । 
 
आलिया अगाडि भन्छिन्, 'फिल्मलाई लिएर अहिले जे पनि अडकल चलिरहेको छ त्यसले म, सलमान र सञ्जयलाई कुनै असर गर्दैन । झन् मलाई लाग्छ कि, अडकल पनि एक प्रकारको एक्साइटमेन्ट नै हुन्छ । सञ्जय लीला भन्साली एक यस्ता फिल्ममेकर हुन्, जसको सबैले सम्मान गर्छन् र उनले कयौं राम्रो फिल्म दिएका छन् ।' अहिले उनी फिल्म 'कलंक' को प्रचारमा छिन् । 
 

प्रतिक्रिया दिनुहोस