बुबाको खाता खोलेर प्रधामन्त्रीद्वारा खाता अभियान शुरु, नयाँ खाता खोल्नेलाई बैंकले १०० रुपैयाँ दिने

सफल खबर संवाददाता

आइतबार, ०१ बैशाख २०७६, १४ : १३
बुबाको खाता खोलेर प्रधामन्त्रीद्वारा खाता अभियान शुरु, नयाँ खाता खोल्नेलाई बैंकले १०० रुपैयाँ दिने

काठमाडौं । आजबाट बैंक खाता अभियान शुरु भएको छ ।  ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान सुरु गरिएको हो ।

सबै नेपालीलाई बैंकको पहुँच सम्म पुर्याउने लक्ष्य चालू आर्थिक बर्षको बजेटले लिएको थियो । बजेटमा समेटिएको विषय कार्यान्वयनका लागि सबै नेपालीमा बैंक खाता अभियान नयाँ बर्ष ९२०७६ वैशाख १० बाट शुरु भएको हो । 

अभियानको शुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुबाको खाता खोलिदिएर गरेका छन् । यस अभियानमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्थाहरुले सहकार्य गरिरहेका छन् ।  

बैंक खाता खोल्दा कुनै पनि शुल्क लाग्ने छैन । बरु केन्द्रीय बैंकले नयाँ खाता खोल्नेलाई १०० रुपैयाँसम्म जम्मा गरिदिन्छ । केन्द्रीय बैंकले बैंकहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत छुट्याएको बजेट यस अभियानमा लगाउन पाउने व्यवस्था गरिदिएको हो । 

राष्ट्र बैंककाअनुसार अहिले बैंक तथा वित्तिय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३८७ वटा खाता खुलेका छन् । यसमा कतिपय खाता दोहोरोरतेहोरो पनि छ । 

प्रतिक्रिया दिनुहोस