केयूका मेडिकल कलेजमा ठगी : विद्यार्थीबाट १ करोडसम्म असुली

पत्रपत्रिकाबाट

आइतबार, ०१ बैशाख २०७६, ०८ : ४१
केयूका मेडिकल कलेजमा ठगी : विद्यार्थीबाट १ करोडसम्म असुली

काठमाडौँ । काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरूले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग संस्थागत रूपमै करोडौं ठगी गर्दै आएको पाइएको छ । एक विद्यार्थीबाट सरकारले तोकेभन्दा ३० लाखसम्म बढी रकम उठाएको प्रमाण भेटिएको छ ।

एमबीबीएस, बीडीएसलगायत विषय अध्ययनरत विद्यार्थीबाट मेडिकल कलेजहरूले मनोमानी रूपमा बढी शुल्क लिने गरेका हुन् । 

कलेजहरूले संस्थागत निर्णय गरेर करोडौं रकम जम्मा पार्दा पनि विश्वविद्यालय बसेकाले मिलेमतो हुन सक्ने विद्यार्थीले आशंका गरेका छन् । 

विश्वविद्यालयको वेबसाइटमा एमबीबीएस अध्ययनका लागि लाग्ने शुल्क उल्लेख गरिएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा  सुदीप कैनीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस