कमेडीमा सफल कपिल शर्माको कमाई कति ?

एजेन्सी

विहीबार, २१ चैत्र २०७५, १५ : ५४
कमेडीमा सफल कपिल शर्माको कमाई कति ?

मुम्बई । बलिउडका चर्चित हाँस्यकलाकार कपिल शर्माले कलर्स च्यानलमा प्रशारण गरेको ‘कमेडी नाइट्स विथ कपिल’ शो लोकप्रिय भयो । सन् २००७ मा ‘द ग्रेट इन्डियन लाफ्टर शो’ बाट आफ्नो करियर शुरु गरेका थिए । उनले उक्त प्रतियोगिता जितेका थिए जसबापत उनललाई १० लाख पुरस्कार दिइएको थियो ।

उनले त्यसपछि कमेडी शोहरु चलाउन थाले । उनी हरेक एपिसोडका लागि मोटो रकम लिने गर्छन् । उनीसँग भएका कार र अन्य महंगा चीजहरुबाट पनि थाहा हुन्छ कि उनी कमेडीमा मात्र होइन कमाईमा पनि उत्तिकै सफल छन् । 

उनको मुम्बईमा घर छ । साथै, रेन्ज रोवरजस्ता निकै महंगा र बिलासी कार पनि छन् । उनीसँग सन् २०१३ मा रेन्ज रोवर इवोक एसडीफोर (Range Rover Evoque SD4) थियो । त्यतिबेला उनी कमेडी सर्कसको सिरिजमा काम गर्थे ।

अहिले कपिल शर्मासँग सबैभन्दा महंगो मर्सिडिज बेन्ज र एसयूभी कार छ । जसको मूल्य ५० देखि ६० लाख हो । यसका साथै उनको नीजि भ्यानिटी भ्यान पनि छ । जसको मूल्य करिब ५ करोड ५० लाख रहेको छ ।

कपिल शर्मा ‘द कपिल शर्मा शो’ बाहेक स्टेज शो र केहि ब्रान्डका विज्ञापनबाट पनि कमाई गर्छन् । रिपोर्टको अनुसार उनी सोलो स्टेज प्रस्तुतीको लागि करिब ७५ लाख लिन्छन् ।

उनी आफैले ट्विट गरेर १५ करोड आम्दानी कर तिर्दै आएको बताएका छन् । अमेरिकी म्यागाजिक फोब्र्समा उनी सबैभन्दा धेरै कमाई गर्ने बलिउड स्टारको सूचीमा सन् २०१२ मा ९६ औँ स्थानमा थिए भने २०१६ मा २७ औँ स्थानमा थिए ।

उनको कुल सम्पत्ति २६ मिलियन डलर रहेको छ । उनको आम्दानी ५ वर्षमा ३८० प्रतिशत बढेको छ । 

प्रतिक्रिया दिनुहोस