फेरि पनि करणको निशानामा कंगना

एजेन्सी

बुधबार, २० चैत्र २०७५, १९ : १६
फेरि पनि करणको निशानामा कंगना

एजेन्सी । बलिउड निर्देशक करण जौहर र अभिनेत्री कंगना रनौतबीच ‘शीतयुद्ध’ भएको धेरै भइसकेको छ । अभिनेत्री कंगनाले उठाएको ‘नेपोटिज्म’ को विषयलाई लिएर करण जौहरले आएफा (IIFA) अवार्डको मञ्चमा मजाक उडाएपछि उनीहरु द्वन्द्व सुरु भएको थियो । 

उनीहरु अहिले सार्वजनिक कार्यक्रममा नै मौका पाउँनासाथ एक अर्काको विषयमा आलोचना गर्न कुनै कसर छोड्दैनन् । कंगनाले पारिवारिक सहयोगबाट बलिउडमा जमेका कलाकारलाई समयसमयमा आलोचना गरिरहेकी हुन्छिन् ।

यसैबीच, निर्देशक जौहरले आफूलाई ‘नेपोटिज्म’ को विषयमा कुनै चासो नरहेको बताएका छन् । उनले भने, ‘मलाई नेपोटिज्म शब्दसँग प्रेम छैन तर कोहि कोहिलाई यति धेरै प्रेम छ कि उनीहरु सधैँ जहाँ पनि त्यो शब्द प्रयोग गर्न छुटाउँदैनन् । ’ उनले कंगनातर्फ इङ्गित गर्दै आफ्नो काम बोल्ने नभएको जिकिर गरे । उनले यस्तो कुराको पछाडि लाग्ने काम अरुलाई नै दिएको बताए ।

केहि समयमै कंगना र करणको फिल्म रिलीज हुँदैछ । करण जौहरको प्रोडक्शनमा फिल्म ‘कलंक’ अप्रिल १७ मा रिलीज हुँदैछ । जसमा संजय दत्त, माधुरी दीक्षित, बरुण धवन, आलिया भट्ट, सोनाक्षी सिन्हा र आदित्य रायको मुख्य भूमिका रहेको छ । त्यसैगरी, कंगना फिल्म ‘मेन्टल है क्या’ मा राजकुमार रावसँग देखिदैँछिन् । 

प्रतिक्रिया दिनुहोस