विवेक ओबराय यसरी बनेका थिए प्रधानमन्त्री मोदी (भिडियोसहित)

एजेन्सी

बुधबार, २० चैत्र २०७५, १५ : ४८
विवेक ओबराय यसरी बनेका थिए प्रधानमन्त्री मोदी (भिडियोसहित)

मुम्बई । बलिउड फिल्म ‘पीएम नरेन्द्र मोदी’ मा अभिनेता विवेक ओबरायले प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका निर्वाह गर्दैछन् । आउँदो शुक्रबार रिलीज मिति तोकिएको उक्त फिल्ममा विवेक ओबराय दुरुस्तै नरेन्द्र मोदी देखिएका छन् । 

ट्रेलर र विभिन्न पोस्टरहरु रिलीज भइसकेको यो फिल्ममा विवेक ओबराय कसरी नरेन्द्र मोदी बने त ? धेरैलाई यसको विषयमा चासो छ । र, सामाजिक सञ्जालमा विवेक लुक्स देखेपछि धेरै दर्शकले विवेक ओबराय कसरी मोदी भन्ने चासोको विषयलाई लिएर उनको मेकअप गर्दाको भिडियो सार्वजनिक गरिएको छ ।

भिडियोमा फिल्मका प्रोड्युसर सन्दीप सिंहले भनेका छन्, ‘फिल्ममा सबैभन्दा गाह्रो काम थियो विवेक ओबरायलाई मोदीको लुक दिनु । कहिले काही त लागेको थियो यो निकै मुश्किल काम हो । हामीले मिटिङ बसेर फिल्म नै नबनाउने भनेर सल्लाह पनि गरेका थियौँ ।’ 

फिल्म सुटिङको क्रममा विवेक ओबरायलाई मोदीको लुक्स दिनको लागि घण्टौँसम्म मेकअप गर्नुपथ्र्यो । लामो प्रक्रियापश्चात् मात्रै विवेक मोदी जस्तो देखिन्थे । पूरा मेकअप गर्नको लागि ६ घण्टा लाग्ने गरेको प्रोड्युसरले जानकारी दिए । 

मेकअप गर्दाको क्षण सम्झदैँ प्रोड्युसर सिंह भन्छन्, ‘पहिलो पटक मेकअप गर्दा विवेक मोदीजस्तो देखिएका थिएनन् । फिल्मकी मेकअप आर्टिस्ट प्रीतिले हार मानिसकेकी थिइन् । तर, फेरि हामीले उनलाई आग्रह गर्यौँ ।’ धेरै लामो परिश्रमपछि मात्रै मोदी जस्ता देखिएका विवेक फेरि मेकअप गर्दा मोदीजस्तै देखिएका थिए । 

 

प्रतिक्रिया दिनुहोस