दुई दिने सांगितिक प्रस्तुती दिन नेहा कक्कर नेपाल आउँदै

एजेन्सी

मंगलबार, १९ चैत्र २०७५, १२ : १७
दुई दिने सांगितिक प्रस्तुती दिन नेहा कक्कर नेपाल आउँदै

भारतकी बलिउड गायिका नेहा कक्कर सांगितिक प्रस्तुतीका लागि नेपाल आउने भएकी छिन् । उनले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् । पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिँदैछिन् भने  २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी) मा प्रस्तुती दिँदैछिन् । उनका आँख मारे, काला चस्मा, लण्डन ठुमकदा, दिलबर लगायतका गीत चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस