प्रियंका–निक डिभोर्स : खबर सत्य नभएको संकेत

सोमबार, १८ चैत्र २०७५, १६ : १८
प्रियंका–निक डिभोर्स : खबर सत्य नभएको संकेत

काठमाडौं । बलिउड तथा हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी अभिनेत्री प्रियंका चोपडा र निक जोनस बीचको डिभोर्सको खबरले सामाजिक सञ्जाल तातेको छ । दुईबीच विवाह भएको तीन महिना पनि नपुग्दै यस्तो खबर आएपछि सबैजना आश्चर्यमा परेका थिए ।

अमेरिकी म्यागाजिन ‘ओके’ले प्रियंका र निक डिभोर्स गर्ने तरखरमा रहेको भन्ने समाचार प्रकाशित गरेसँगै यस खबरलाई खण्डन गर्दै प्रियंकाले शोसल मिडियामा पारिवारीक तस्वीरहरु शेयर गरी खबर सत्य नभएको संकेत गरेकी छिन् ।

प्रियंकाले आइतबार निक जोनस र उनको परिवारसँग रहेको फोटोहरू शेयर गरेकी छिन् । जुन फोटोलाई हेरेर प्रियंका आफ्नो परिवारसँग खुसी रहेकी देखिएकी छिन् । तस्वीरमा प्रियंकाको साथमा निकका दाजुभाई र उनको सासु ससुरा देखिएका छन् । प्रियंकाको यस तस्वीरलाई उनीहरुबीच फैलिएको अफवाहको जवाफ मानिएको छ ।

बताइएअनुसार ओके म्यागाजिनले ३६ वर्षीया अभिनेत्री प्रियंका र २६ वर्षीय निकबिच स–साना कुराहरु मतभेद आउन थालेपछि एक अर्का छुट्टिने तयारीमा लागेको समाचार प्रकाशित गरेको थियो ।
म्यागजिनका अनुसार यी दुई पार्टी जाने कुरादेखि काम गर्ने समय आदि विषयमा धेरै झगडा गर्ने गरेको र प्रियंकाले हर कुरामा निकलाई कन्ट्रोल गर्ने गरेपछि निकको आमा बाबु प्रियंकाप्रति रुष्ट भएको खबर छापेको थियो ।
उनीहरुले प्रियंका उमेरले परिपक्व भएपनि ब्यवहारले परिपक्व नभएको कारण पछिल्लो समय निकलाई प्रियंकासँग डिभोर्स दिन दबाव दिएको बताएको थियो । प्रियंका र निक गएको डिसेम्बरमा भारतीय रितअनुसार विवाह बन्धनमा बाँधिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस