कंगनाले खोलिन् ‘पद्मावत’ नगर्नुको रहस्य

एजेन्सी

सोमबार, १८ चैत्र २०७५, १५ : ४३
कंगनाले खोलिन् ‘पद्मावत’ नगर्नुको रहस्य

अभिनेत्री कंगना रनावत प्रायः आफ्नो अभिव्यक्तिका कारण चर्चामा रहने गर्दछिन् । हालै उनले आफ्नो आध्यात्मिक पर्सनालिटीका केही अंश साझेदार गरेकी छन् । साथै, उनले भेट्रान निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ नगर्नुको कारण पनि खोलेकी छन् । यो फिल्म अफर हुँदा 'मणिकर्णिका' मा व्यस्त भएका कारण आफूले गर्न नसकेको उनले बताएकी छन् । 

'सञ्जयले मलाई 'पद्मावत' अफर गरेका थिए तर, म त्यसबेला 'मणिकर्णिका' मा व्यस्त थिएँ । उनले मलाई फिल्म 'रामलीला' मा एक गीत पनि अफर गरेका थिए', उनले अगाडि भनिन्, 'मलाई उनी पर्सनली जान्ने मौका मिलेको थियो । उनी एक यस्ता फिल्ममेकर हुन्, जो तपाईंको दिमागमा एक गहिरो छाप छाड्न सक्छन् । खासगरि तब, जब उनी कुनै फ्रेस माइन्ड भएको व्यक्तिसँग भेट्दछन् ।'

'मेन्टल हे क्या ?' अभिनेत्री कंगनाले बलिउड इन्डस्ट्रीको बारेमा पनि कुरा गरेकी छन् । उनले आफूलाई फिल्म मन नपर्ने बताएकी छन् । 'म यो करिअरलाई लिएर निकै उत्साहित छैन र म आध्यात्मिक स्तरमा आफूले आफूलाई खोज्ने कोशिश गरिरहेको छु र यो यात्रा अहिले पनि जारी छ', उनले अगाडि थपिन्, 'योभन्दा पहिला पनि मेरो लागि धन-सम्पत्ति प्राइम फ्याक्टर्स थिएनन् ।' 

उनी आफू सोसल मिडियामा पनि नभएको र फिल्मको फ्यान पनि नभएको बताउँछन् । कंगना थप्छिन्, 'आज पनि मलाई केही पढ्न र रिसर्च गर्नका लागि फिल्म वा सिरिज देख्नुपर्छ । यसमा मलाई निकै मिहिनेत लाग्छ ।' उनले आफूलाई विना कारण अटेन्सन इन्जोय गर्न, विवाहमा डान्स गर्न न त फेयरनेस क्रिमको विज्ञापन गर्न नै मनपर्ने बताएकी छन् । अहिले उनी नयाँ फिल्म 'मेन्टल हे क्या ?' मा व्यस्त छिन् । 

प्रतिक्रिया दिनुहोस