संस्मरण : बादल र पम्फाको प्रेम

सफल खबर संवाददाता

सोमबार, ०४ चैत्र २०७५, १४ : ४१
संस्मरण : बादल र पम्फाको प्रेम

– नेत्रविक्रम चन्द विप्लव
जनयुद्धको पहिलो योजनापछि नै बादल कारबाहीमा परे । पार्टीमा यो एउटा दुर्घटनाको चोटजस्तो भयो । पार्टीमा एकखालको स्तब्धता पनि छायो । कारण के भयो भने जनयुद्धको रापताप, पार्टीमा क्रान्तिकारीहरूको उमङ्गमय विकास राज्यमाथि बढ्दै गएको थियो । केही गम्भीरखालका हत्याकाण्ड राज्यले चलाइसकेको थियो ।

प्रचण्ड(बाबुरामहरू पहिले नै भारत पसिसकेका थिए । त्यही क्रममा बादललाई पनि भारतमा सर्न भनियो । बादल भारतमा गए । उनीसँगै पम्फा पनि भारतमा गइन् । विदेशको एकान्त बसउठ र खानपानसँगै बादल–पम्फाको प्रेम झाङ्गियो । लसपस बाक्लिँदै जाँदा ‘प्रेम’ यौन–सम्बन्धमा बदलियो । नेपालमा लडाइँ चलिरहँदा उनीहरूले भारतको ‘भानिराम होटेल’ मा मस्ती गरे भन्ने प्रचार आयो ।

सुरुमा उनीहरूले स्वीकार गरेनन् तर पछि प्रचण्डले अनेक दाउ लगाएर गलाए र स्वीकार्न लगाए । त्यसपछि बादललाई कारबाही भयो र उनीबारे अनेकौँ कथा बुनिन थालियो । कारबाहीपछि प्रस्तुत राजनीतिक प्रस्तावमा बादल माओ र पम्फा चियाङ चिङ हुन खोजेको प्रचण्ड कालको मुखबाट बँचेर आएको, यो यौनकाण्ड नभएर राजनीतिक षड्यन्त्र भएको, त्यो केन्द्र कब्जा गर्ने उद्देश्यबाट प्रेरित रहेको भन्दै बादललाई ‘लिनप्याओवादी’ भएको आरोप थोपरियो ।

प्रचण्डले आफ्नो प्रस्तावमा यो काण्डबारे लेखे( ‘पहिलो कुरा, सुरुमा उहाँहरूको बीचमा प्रेम र यौन–सम्बन्धको विकास क्षणिक उत्तेजनामा आएर अथवा एक–अर्कोबारे जानकारीको अभावमा होइन, पर्याप्त छलफलपश्चात् जानीबुझी एक निश्चित मान्यताको आधारमा भएको छ । ‘ त्यसप्रकारको गलत सैद्धान्तिक मान्यताका आधारमा शारीरिक सम्बन्ध कायम गरिसकेपछि त्यसलाई पार्टीबाट ‘भूमिगत’ राखेर जाने जुन कार्य भयो त्यसले उहाँहरूमा विद्यमान अनुशासनविहीन एवम् चरम व्यक्तिवादी अहङ्कारलाई अभिव्यक्त गर्दछ । ‘

वास्तविकता स्वीकार गरिसकेर पुनः लुकाउने र नेतृत्वका विरुद्ध सङ्घर्ष गर्ने जुन कसरत आगडि आयो, त्यसले वस्तुतः राजनीतिक एवम् सङ्गठनात्मक रूपले उहाँहरूमा विद्यमान अराजकतावादी–व्यक्तिवादी एवम् षड्यन्त्रमूलक शैलीको गम्भीर कमजोरीलाई स्पष्ट गर्दछ । ‘

समग्र पक्षलाई विचार गर्दा यो घटनाक्रममा अभिव्यक्त उहाँहरूको चिन्तन र कार्यशैली लिनप्याओवादी प्रवृत्तितिर उन्मुख भएको कुरा स्पष्ट छ जसमा मुख्यतः बादलको चिन्तन र कार्यशैली लिनप्याओवादी प्रवृत्तितिर उन्मुख भएको कुरा स्पष्ट हुन्छ’, ९नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू, ग्रन्थ १, पृ। ३९३० ।
(विप्लवको पुस्तक ‘महापतन’को एक अंश)

 

प्रतिक्रिया दिनुहोस