दुबईमा नेपथ्यसँगै नेपालीपन, 'सबैभन्दा पहिले हामी नेपाली'

सफल खबर संवाददाता

शनिबार, ०२ चैत्र २०७५, २१ : १९
दुबईमा नेपथ्यसँगै नेपालीपन, 'सबैभन्दा पहिले हामी नेपाली'

युएई । गत शुक्रबार दुबईमा नेपथ्य लाइभ कन्सर्ट – २०१९ कार्यक्रम सम्पन भएको छ । दुबईस्थित अलनासर लिजरलाण्डको हलमा भएको उक्त लाइभ कन्सर्टमा नेपथ्य ब्याण्डले निकै उकृष्ट प्रस्तुती दिएका थिए । अमृत गुरुङले सामाजिक सञ्जालमा एउटा छोटो भिडियो हाल्दै लेखेका थिए– ‘सबैभन्दा पहिले हामी……, धन्यवाद दुबई, माया र साथको लागि’ ४० सेकेण्डको भिडियोमा एउटा गीतको अधुरो लाइन थियो जसलाई दर्शकहरुले पुरा गरिदिएको दृश्य देखिन्थ्यो ।
गायक अमृत गुरुङले ‘सानोमा सानो कमलको फुल रेशम,’ ‘तिमी पनि नेपाली म पनि नेपाली हामी नेपाली’ जस्ता राष्ट्र भावका गीतहरु गाएका थिए । अमृत गुरुङलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गीतारमा सुविन शाक्य, गीतारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सहयोग गरेका थिए ।
उक्त लाइभ कन्सर्टमा तीन हजार भन्दा धेरै दर्शकहरुले मनोरञ्जन लिएका थिए । दुबईमा नेपथ्यको यो दोस्रो कार्यक्रम हो । यसअघि सन् २०१५ नेपथ्य दुबई आएको थियो ।

प्रतिक्रिया दिनुहोस