काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ घण्टाको अवधिमा २ हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेको जनाएको छ ।
यसबाट राज्यकोषमा २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ४९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११२ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३२५, निषेधित क्षेत्रमा हर्न बजाउने ६४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२१, निर्धारित स्थानामा यात्रु चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ६२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३२८ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ बैशाख २०८३, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक प्रहरीबाट एकै दिन साढे १० लाख राजस्व संकलन
ट्राफिक कारबाहीबाट १८ लाख ८१ हजार राजस्व संकलन
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन
ट्राफिक कारबाहीबाट एकैदिन पाँच लाख बढी राजस्व सङ्कलन