देवघाटको नवनिर्मित मन्दिरले धार्मिक पर्यटकको संख्यामा बृद्धि

मंगलबार, ०२ माघ २०७४, १९ : १२
देवघाटको नवनिर्मित मन्दिरले धार्मिक पर्यटकको संख्यामा बृद्धि

तनहुँ । शिव पाञ्चायन मन्दिर देवघाटमा अहिलेदेखि झक्तजनहरुको घुईचो लाग्न थालेको छ । मल्लकालिन संस्कृतिमा निमार्ण गरिएको देवघाटमा रहेको यस मन्दिरमा देवघाट र मल्लकालिन कलाको अनुपम नमुना भल्किएको मन्दिरका संकल्पकर्ता स्वामी आत्मानन्द गिरिजी महाराजले बताउनुभयो ।

तनँहु,चितवन र नवलपरासीको सिमानमा पर्ने ग्लेश्वर आश्रमको परिसर भित्र निमार्ण गरिएको मन्दिर निकै आर्कषक ढङगबाट निमार्ण गरिएको छ । संकल्पकर्ता गिरिका अनुसार २१ औ शताब्दिमा निर्माण गरिएको भएपनि मल्लकालिन कलाको झल्को मन्दिरले दिने बताउनुभयो ।

मन्दिरमा २८ सय क्यु फिट काठ प्रयोग गरिएको जानकारी उहाले दिनुभएको छ । काठलाई कुद्न मात्र लगभग १ करोड खर्च भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयो । काठलाई कलामत्क रुपमा प्रस्तुत गरिएको मन्दिरले झक्तजनलाई मन्त्रमुग्ध बनाउने गरेको छ ।

झण्डै ७ करोड लागतमा निर्माण भएको शिव पञ्चायन मन्दिरमा अहिलेसम्म साढे ३ करोड बढी खर्च भईसकेको छ । देवघाट क्षेत्रमा पुजा गर्नको लागि ठूलो मन्दिर नभएको भक्तजनहरुको गुनासोपछि मन्दिर निर्माण गरिएको उहाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस