देवघाट आएका भक्तजनहरुलाई लक्षित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, शिविरबाट ३ सय ५० बढी लाभान्वीत

मंगलबार, ०२ माघ २०७४, १६ : ००
देवघाट आएका भक्तजनहरुलाई लक्षित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, शिविरबाट ३ सय ५० बढी लाभान्वीत

चितवन । देवघाट मेलामा आएका भक्तजनहरुलाई लक्षित गरि सुरु गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मकर सक्रान्तीको अवसरमा देवघाट क्षेत्रमा लाग्ने मेलामा हुन सक्ने दुर्घटनाका घाइते, वृद्धावृद्धा बालबालिका, अपाङ्ग तथा भक्तजनहरुलाई स्वास्थ्य सेवा पुराउने उद्देश्यले दि फेमस महेन्द्र दल गण भरतपुरद्वारा कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) र जनप्रेमी मेडिकलको सहकार्यमा शिवरि सञ्चालन गरेको अस्पतालका बजार तथा जनसम्पर्क निर्देशक दुर्गा प्रसाद न्यौपानेले बताए ।

मेलामा आएका भक्तजनहरुमा कुनै समस्या नआहोस् र उनीहरुको सहजताका लागि आयोजित शिविरबाट ३ सय ५० जना भन्दा बढि बिरामीहरुले स्वास्थ्य जाँच गरिएको दि फेमस महेन्द्र दल गणका मेजर राम अधिकारीले जानकारी दिए ।

शिविरमा एमडिजिपि डा. रोहण झाको नेतृत्वमा हार्डजोर्नी विशेषज्ञ डा.सुमन लामिछाने, नाक कान घाटी रोग विशेषज्ञ डा.विवेक शर्मा, जनरल फिजिसियन डा.प्रकाश अर्याल, भोला लामिछाने, दिपक राज थपलिया लगायतले सेवा दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस