काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीकातर्फबाट सहायक महाप्रबन्धक आशिष सिंह र माछापुच्छ्रे बैंक लिमिटेडका तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गर्नुभएको छ ।
सो बैंकअस्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले माछापुच्छ्रे बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन् ।
आइएमई लाइफइन्स्योरेन्सको सञ्चालक समितिमा दिपक शर्मा पोख्रेल नियुक्त
आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरधनीहरु मध्ये एक्रशमनी ट्रान्सफर प्रा.लि. रहेकोमा उक्तकम्पनीको तर्फबाट प्रतिनिधित्व इश्वर कुमार कार्कीले गरीरहनु भएकोमा उहाँको राजिनामा पश्चात रिक्त रहेको उक्त सञ्चालक पदमा कम्पनीका तर्फबाट प्रतिनिधित्व गर्नका लागि दिपकशर्मा पोख्रेललाई चयन गरी आइएमई लाइफइन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा नियुक्त गर्नका लागि अनुरोध गरेकोमा सो सम्बन्धमा यस कम्पनीको सञ्चालक समितिको बैंठकले शर्मालाई विधिवत सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय भएको छ ।
नवनियुक्त सञ्चालक समितिका सदस्य दिपक शर्मा पोख्रेललाई स्वागत गरी इश्वर कुमार कार्कीलाई बिदाई गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ फागुन २०७५, १७ : ४७
लेखकबाट थप