विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक भएको छ । फोर्ब्स म्यागजिनले सन् २०१९ सालका २ हजार १ सय ५३ जना अर्बपतिहरुको सूची सार्वजनिक गरेको हो ।
अर्बपतिहरुको यो संख्या अघिल्लो वर्षको भन्दा ५५ जनाले कम छ । त्यसमा समावेश भएकामध्ये ४६ प्रतिशत अर्थात ९ सय ९४ अर्बपतिहरुको सम्पत्ति अघिल्लो वर्षकोभन्दा घटेको तथ्यांकले देखाएको छ ।
यीमध्ये अत्यधिक धनीमा परेकाको कूल सम्पत्ति ८ दशमलव ७ खर्ब अमेरिकी डलर अघिल्लो वर्षको भन्दा ४ सय अर्ब अमेरिकी डलरले घटेको छ । समग्रमा
अघिल्लो वर्षको भन्दा ११ प्रतिशत अर्थात २ सय ४७ मानिसहरु त्यो सूचीबाट बाहिरिएका छन् ।
सबैभन्दा बढी एशिया प्यासिफिक क्षेत्रबाट ६० जना कम परेका छन् । त्यसमध्ये अघिल्लो वर्ष भन्दा चीनका ४९ जना अर्बपतिहरु यो वर्ष घटेका छन् । यस्तै युरोप, मध्यपश्चिम क्षेत्र र अफ्रिकाले पनि आफ्नो स्थान गुमाएको छ ।
अमेरिकी क्षेत्र भने अमेरिका र ब्राजिलका कारण उँभो लागेको छ । यी दुई क्षेत्रमा अर्बपतिहरुको संख्या अघिल्लो वर्षको भन्दा अत्यधिक बढेको छ । त्यहाँ अहिले ६ सय ७ जना अर्बपतिहरु छन् । यो तथ्यांकले विश्वका २० मध्ये १४ अर्बपति अमेरिकामै भएकाे देखाएकाे छ ।
अमेजन कम्पनीका मालिक जेफ बेजोज यो वर्ष पनि विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचिमा परेका छन् भने उनलाई बिल गेट्सले पछ्याएका छन् अर्थात बिल दोस्रो स्थानमा छन् ।
सबैभन्दा धनी अर्बपति जेफ बेजोजको सम्पत्ति १ सय ३१ अर्ब अमेरिकी डलर छ जुन अघिल्लो वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढी हो । यस्तै माइक्रोसफ्टका मालिक बिल गेट्स ९६ दशमलव ५ अर्बसहित दोस्रो स्थानमा र बर्कसायर कम्पनीका मालिक वारेन बफेट ८२ दशमलव ५ अमेरिकी डलरसहित तेस्रो स्थानमा रहेका छन् ।
सूचिकाे आठौँ स्थानमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग (६२.३ अर्ब अमेरिकी डलर) र गुगलका संस्थापक ल्यारी पेज ५०.८ अर्ब अमेरिकी डलरसहित दसौं स्थानमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ फागुन २०७५, २० : १६
लेखकबाट थप