दिवंगत नेता भरतमोहन र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा एकै दिन गरिने

सफल खबर संवाददाता

आइतबार, १९ फागुन २०७५, ११ : ३३
दिवंगत नेता भरतमोहन र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा एकै दिन गरिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने र तीन दिन पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

 नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन हुनुभएका पार्टीका नेता भरतमोहन अधिकारीप्रति  शोक प्रस्ताव पारित गर्दै सो निर्णय गरेको हो । 

यसैगरी आगामी २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रुपमा आयोजना गर्ने निर्णयसमेत गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको यही फागुन १५ गते बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस