देशैभरका नर्सहरुले आजबाट तीन घण्टा काम छोडे, अस्पतालहरु प्रभावित

सोमबार, ०१ माघ २०७४, १४ : ५०
देशैभरका नर्सहरुले आजबाट तीन घण्टा काम छोडे, अस्पतालहरु प्रभावित

काठमाडाैं । मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशित नर्सहरुको पुर्नबहालीको माग गर्दै विगत एक सातदेखि आन्दोलनरत नर्सहरुले देशव्यापी रुपमा सोमबारदेखि तीन घण्टाका लागि काम छोडेका छन् ।

केन्द्रबाट निष्काशित नर्सका साथै अन्य कर्मचारी सहित सातै जनालाई पुर्नबहाली गरिनु पर्ने लगायतका ११ बुँदे माग राख्दै नर्सहरुले सोमबारदेखि तीन घण्टाका लागि काम छाडेका हुन् ।

नर्सरुले विहान १० बजेदेखि दिउँसो १ बजेसम्म काम छोड्दा अस्पतालहरु प्रभावित बनेका छन् । स्वास्थ्य मन्त्रालयले नर्सहरुको मागप्रति कुनै सुनुवाई नगरेपछि नेपाल नर्सिङ्ग संघको पूर्व घोषित कार्यक्रम अनुसार नै नर्सहरुले माघ १ गतेदेखि तीन दिनसम्मका तीन घण्टा काम छोडेका हुन् ।

उनीहरुले आन्दोलनकै क्रममा त्यसपछिको तीन दिन पूरै काम छोड्ने गरी पहिलो चरणको कार्यक्रम तय गरेको संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले बताइन् ।

त्यति गर्दा पनि मन्त्रालयद्वारा मागको सुनुवाई नभए आन्दालनको दोश्रो चरणमा पूरै काम ठप्प पारी मन्त्रालय घेराउ गर्ने नर्सिङ्ग संघले चेतावनी दिएको छ ।

मागका क्रममा संघले निष्काशित नर्सहरुलाई पुर्नबहाली गरिनु पर्ने, नर्सिङ्ग सेवा महाशाखा गठन गरिनु पर्ने, प्रत्येक स्कुलमा स्कुल नर्सको व्यवस्था गरिनुपर्ने, नर्सहरुको श्रम शोषणको अन्त्य गरिनु पर्ने लगायतका माग राख्दै आएका छन् । माग प्रति एक्यवद्धता जनाउदै अहिले देशभरका नर्स आन्दोलित भएका छन् ।

प्रतिक्रिया दिनुहोस