पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन

सफल खबर संवाददाता

शनिबार, १८ फागुन २०७५, २२ : ०९
पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । लामो समयदेखि बिरामी कम्युनिस्ट नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ५०  मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको हो ।

अस्वस्थ भएपछि गत पुस २३ गते उनलाइ सुरूमा ललितपुरकाे मेडिसिटी र त्यसपछि ह्याम्स अस्पतालमा भर्ना गरिएकाे थियाे । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न छोडेको जानकारी गराएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका अधिकारी निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारी विगत २ महिनादेखि अस्पतालमा भर्ना भएका थिए । सुरुमा उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । 

नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा चिर परिचित थिए । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री भएका थिए । त्यसबेलाको वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन उनकै योजना थियो । उक्त कार्य अहिलेसम्म लोकप्रिय कार्यक्रम मानिएको छ ।

प्रतिक्रिया दिनुहोस