भरतमोहन अधिकारीको स्वास्थ्यमा मिराकल भए मात्र सम्भब : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

सफल खबर संवाददाता

शनिबार, १८ फागुन २०७५, २१ : ३५
भरतमोहन अधिकारीको स्वास्थ्यमा मिराकल भए मात्र सम्भब : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ह्याम्स हस्पिटलमा उपचाररत नेता भरत मोहन अधिकारीको शरिरका मुख्य अंगहरूले कामनगरेको उपचारमा संलग्न चिकित्सकहरूले बताएको भन्दै उहॉको स्वास्थ्यमा मिराकल हुने अपेक्ष लिएको बताउनुभएको छ।

शनिवार सॉझ अधिकारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका अध्यक्ष प्रचण्डले उहॉको अवस्था अत्यन्तै कठिन रहेको बताउनुभयो ।अध्यक्ष प्रचण्डले भरतमोहन अधिकारी एक परिबर्तनकारी नेता रहेको भन्दै २०३८ सालदेखी उहॉ संग आफ्नो संगत रहेको बताउनुभयो । उहॉ एक असल अभिभावकको रूपमा रहेको भन्दै अधिकारीको स्वास्थ्यलाभको कामना समेत गर्नुभयो । उहॉले अधिकारीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने ब्याबस्था मिलाउने समेत बताउनुभयो ।

 

बिगत ३ सातादेखी  अस्पतालमा उपचाररत रहनुभयका अधिकारी मिराकलनै भयमात्र सम्भब हुने चिकित्सकले बतायका छन् ८४ बर्षिय अधिकारी सफल उपप्रधान अर्थ मन्त्री भैसक्नुभयको छ । उहॉकै कार्यकालमा आफ्नो गाऊ आफै बनाउ तथा बृद्द भत्ता दिने कार्यक्रम शूरू गर्नुभयको थियो । जसले नेपाली जनताको मन छोइरहेको छ ।

प्रतिक्रिया दिनुहोस