न्यूयोर्कमा हुने युएनए सम्मेलनको भव्य तयारी

सफल खबर संवाददाता

शनिबार, १८ फागुन २०७५, १८ : ५२
न्यूयोर्कमा हुने युएनए सम्मेलनको भव्य तयारी

-विजय थापा
डीसी । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) को सम्मेलन मेमोरियल डे (स्मारक दिवस) को सप्ताहमा अमेरिकाको न्यूयोर्क शहरमा २५ र २६ का दिन आयोजना हुने भएको छ । चौथो न्यूयोर्कमा हुने युएनए सम्मेलनको भव्य तयारी भैरहेको आयोजकले जानकारी दिएको छ । 

गत बर्ष टेक्सास राज्यको ड्यालसमा सफलतापूर्वक सम्पन्न उक्त सम्मेलन यसपटक बिश्वकै सम्राट राज्य न्यूयोर्कमा हुन् लागेको हो । युएनए संस्था गैरराजनैतिक, गैरधार्मिक ,जातीय वा क्षेत्रीय सोचबाट मुक्त रहेको गैरमुनाफा सामाजिक संस्था हो ।

केही समय अगाडी न्यूयोर्कमा सम्मेलन हुनेबारे पत्रकार सम्मेलनको आयोजना गरेको थियो भने यस सम्मेलनमा सबै समुदायलाई सहभागिताको लागि आयोजकले आव्हान तथा अनुरोध गरेको छ ।

आयोजकहरु तयारीमा जुटेका छन् भने युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) ले चौथो सम्मेलनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरेको छ ।  सम्मेलनको आयोजना अधिकांश युवाहरुको काँधमा जिम्मेवार प्रदान गरिएको छ । उनीहरुमा अद्भुत शक्ति ,आँट ,जोश र जाँगर हुने भएकोले उनीहरुको काँधमा जिम्मवारी गत बर्ष दिएको जस्तै दिइएको छ ।

सम्मेलनमा बहस कार्यक्रम, साहित्य, बालबालिकाका कार्यक्रम, विभिन्न मञ्चका कार्यक्रम, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना हुनेछ ।

सम्मेलनलाई सफल बनाउन न्यूयोर्कका स्थानीय संघसंस्था सँग सहकार्य गरिने आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमार्फत सम्मेलनमा गैर आवासीय सम्मलेनमा अस्ट्रेलियाका अर्बपति तथा एनआरएनका निवर्तमान अध्यक्ष शेष घले, एनआरएन अध्यक्ष भवन भट्टलगायतलाई निम्तो दिइएको आयोजकले जानाकारी दिएको छ । 

गत बर्ष एनआरएनका निवर्तमान अध्यक्ष घले तथा जमुना घलेले समेत टेक्सस ड्यालसमा सहभागिता जनाएका थिए । आयोजक संस्थाका क्षेत्रीय संयोजक एवं उपसभापति पवन योञ्जनले नेपाली समुदाय सबैलाई सहभागिताको लागि आब्हान गरेका छन् । सम्मेलनमा युवा लक्षित मार्सल आर्ट (युद्ध कला) समेत प्रदर्शन हुनेछ ।

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )का संस्थापक टेक्ससका सफल व्यवसायी पासाङ लामा हुन् ।

प्रतिक्रिया दिनुहोस