एनआई सी एशिया बोनस शेयर सूचिकृत

सफल खबर संवाददाता

मंगलबार, १४ फागुन २०७५, १७ : ४४
एनआई सी एशिया बोनस शेयर सूचिकृत

काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडको ०७५ साल पुस ४ गते भएको २१औं साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर संख्या ८० लाख ३१ हजार ११७ कित्ता शेयर०७५ साल फागुन ९ गतेनेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । सोपश्चात् बैंकको जारी तथा चुक्तापूँजी रु. ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६९८ रहेको छ । बैंकको केही शेयर अझै अभौतिकरण भइनसकेको परिप्रेक्ष्यमा उक्त शेयरहरू अभौतिकीकरण गर्न बैंकले शेयर धनीहरूलाई आग्रह गरेको छ ।

एनआई सी एशिया बैंक मुलुकभर २७७ शाखाकार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हाल यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजाररहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थपशाखा÷ए. टि. एम. विस्तारित काउण्टर, शाखा रहित बैंक लगायतका सेवा मार्फत आफ्नो उपस्थिती थप मजबुत बनाउने योजना अगाडि सारेको बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
 

प्रतिक्रिया दिनुहोस