काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ३३ वर्ष पूरा गरेको छ । सन् १९८६ मा स्थापना भएको बैंकले यो अवधिसम्म आइपुग्दा व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टीलाई उच्चतम् स्थानमा राखी आफ्नो सेवा विस्तार गरिरहेको छ । यो अवधिमा ग्राहक सुविधालाई मध्यनजर गर्दै ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, ११० वटा एटिएम तथा ३,६६५ वटा पोस मेसिनबाट सेवा दिइरहेको छ ।
बैंकले आफ्नो ३३ आंै वार्षिकोत्सवको उपलक्ष्यमा आजैबाट एनआईबीएल क्रमिक मुद्यती खाता सुभारम्भ गरेको छ । एनआईबीएलको कुनै पनि बचत खाता खोल्ने ग्राहकहरुले क्रमिक मुद्यती खाता खोल्न सक्नछन् । र हरेक महिना न्युनतम रु.३३३ जम्मा गरेर ३३ महिनाको अवधिका लागि उच्चतम ९.२५ प्रतिशत ब्याज पाउन सक्ने छन् । थोरै थोरै नगद जम्मा गरेर पनि मुद्यती खाता खोली भविश्यका लागि आर्थिक जोहो गर्न सकिन्छ भन्ने विषयलाई महत्व दिइएको छ ।
त्यस्तै बालबालिकाहरुमा वित्तिय साक्षरता विस्तार गर्ने उदेश्यले आजैबाट बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता नाममा चित्रकथा सार्वजनिक गरेको छ । विशेष गरी वालवालिकाहरुलाई सानै उमेरदेखि नै बैंकको महत्व तथा फाइदा बुझाई उनीहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि एनआईबीएलले जानकारी मूलक बाल चित्रकथा प्रकाशनमा ल्याएको हो ।
त्यस्तै ३३औं वार्षिकोत्सवको सुखद अवसरमा एनआईबीएल भीजा कार्ड प्रयोगकर्ताका लागि पोस मेसिन प्रयोग गर्दा ३३ प्रतिशत क्यास ब्याक अफर ३३ दिनका लागि प्रदान हुँदै छ । यसमा सर्तहरु लागु हुनेछन् ।
यस वर्षदेखि बैंकले आफ्ना कार्ड संजालमा मास्टरकार्डको सेवा सञ्चालनमा ल्याएको छ । मास्टरकाडबाट एटिएम र पोस मेसिन दुबैको सुविधा प्राप्त गर्न सकिन्छ ।
आर्थिक वर्ष २०७४-७५ को अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी रु. १२ अर्ब ५८ करोड पुगेको छ भने जगेडा तथा कोषको रकम रु. ९ अर्ब ७७ करोड पुगेको छ । शेयरधनी कोष रकम रु.२४ अर्ब ८७ करोड पु¥याई निजी क्षेत्रका बैंकहरुमध्ये उच्च स्थानमा रहेको छ । बैंकले २०७४–७५ मा रू.४ अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको छ भने खुद नाफा ३ अर्व ६५ करोड पुगेको छ । बैंकको निक्षेप ११.४५ प्रतिशतले बढेर रू. १ खर्ब ४० अर्ब पुगेको छ भने कर्जा लगानी रू.१ सय २० अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एन.पि.ए.) अनुपात १.३६ प्रतिशत रहेको छ ।
३३ औं बसन्त पार गर्र्दा आर्थिक वर्ष २०७५–७६ को दोस्रो त्रैमाससम्ममा बैंकले एक खर्ब ४२ अर्ब निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब कर्जा लगानी गरेको छ । उक्त त्रैमाससम्ममा बैंकले ४ अर्ब ७ करोड संचालन मुनाफा कमाउन सफल भएको छ भने १ अर्ब ९७ करोड खुद मुनाफा कमाएको छ ।
बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तिय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने लक्ष्यलाई निरन्तरता दिँदै समयानुकुल प्रविधिको प्रयोगमा थप जोड दिई ग्राहक सेवामा सहजता ल्याउने तथा राष्ट्रको समग्र विकासमा अग्रसर हुने भावी योजना बनाएको छ ।
बैंक अफ दी इयर पाँच पटक प्राप्त गरिसकेको एनआईबीएलले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण Euromoney नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट Euromoney award for excellence “Best Bank 2018” अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा A बाट A+ ल्याई स्त्तरोनन्ति गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ फागुन २०७५, १९ : २८
लेखकबाट थप