साताको साहित्य पुरस्कार १०१७ सिन्धुलीका कवि प्रोल्लास सिन्धुलीयलाई

शनिबार, २९ पुस २०७४, १९ : ०५
साताको साहित्य पुरस्कार १०१७ सिन्धुलीका कवि प्रोल्लास सिन्धुलीयलाई

नारायणगढ । साताको साहित्य पुरस्कार १०१७ सिन्धुलीका कवि प्रोल्लास सिन्धुलीयलाई प्रदान गरिएको छ ।  साताको साहित्य डट कम नेपालले वर्षभरि प्रकाशित साहित्यिक रचनामध्ये उत्कृष्ट रचनालाई प्रदान गरिने उक्त पुरस्कार वर्ष २०१७ को लागि कवि सिन्धुलीयको ' एउटा प्रश्न पत्र ' कवितालाई नगद रु २० हज़ार सहित प्रदान गरिएको हो । वरिष्ठ कवि दिनेश अधिकारीको प्रमुख आतिथ्यमा आज चितवन साहित्य परिषदमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले कविताको तागत र समाजमा यसको प्रभावबारे अभिव्यक्ति दिएका थिए । 

साताको साहित्य डट कमका नेपाल च्यापटर का अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार प्रेम विनोद नन्दन, एल बी क्षेत्री, धनराज गिरी, बालकृष्ण थपलिया, गणेश श्रमण, बाबु त्रिपाठी लगायतले मन्तव्य राख्नु भएको थियो । 

यसैगरि आजै चिसापमा आयोजित अर्को कार्यक्रममा उपन्यासकार विवेक ओझाको औपन्यासिक कृति एेलानीको परिचर्चा गरिएको छ । चिसापका सचिव बालकृष्ण थपलियाको अध्यक्षतामा आयोजित कार्यक्रम समीक्षकहरू द्वारिका नेपाल, बाबु त्रिपाठी , लक्ष्मी बरालले उपन्यासका विविध आयामबारे औल्याएका थिए । यसैगरी साहित्यकारहरू प्रेम विनोद नन्दन, एल बि क्षेत्री, धनराज गिरी, प्रोल्लास सिन्धुलीय, शान्ति शर्मालगायतले उपन्यासले पाठकमा परेको प्रभावबारे छलफल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस