बालकृष्ण ढुंगेललाई तत्काल रिहा र मुद्दा खारेजी गर्नु पर्ने : विप्लव (विज्ञप्तिसहित)

मंगलबार, १४ कार्तिक २०७४, १८ : १२
बालकृष्ण ढुंगेललाई तत्काल रिहा र मुद्दा खारेजी गर्नु पर्ने : विप्लव (विज्ञप्तिसहित)

काठमाडौं । प्रहरीले माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेपछि विप्लव नेतृत्वको नेकपाले उनको विनासर्त रिहा र मुद्दा खारेजी गर्न माग गरेको छ ।
विप्लवले एक विज्ञप्ति जारी गर्दै जनयुद्धका योजनाकारलाई सरकारमा सहभागि गराएर मोजमस्तीमा सहकार्य गर्ने अनि कार्यकर्तालाई चाहिँ दोषी बनाएर जेल कोज्ने कार्य भएको भन्दै आपत्ति समेत जनाएका छन् ।

विज्ञप्तिमा जनयुद्धका क्रममा भएका घटनालाई आन्दोलनबाट अलग गर्ने र आन्दोलनमा विशेष योगदान गर्ने व्यक्तिलाई अलग गरेर आन्दोलनका विषयलाई व्यक्ति विशेषको अपराध बनाएर क्रान्तिकारी आन्दोलनलाई नै कमजोर बनाउने कार्य भएको उल्लेख समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस