औषधि र स्वास्थ्यकर्मीको टोली लिएर जाजरकोट पुगे माओवादी नेता शक्ति बस्नेत

शनिबार, २९ पुस २०७४, १४ : ४९
औषधि र स्वास्थ्यकर्मीको टोली लिएर जाजरकोट पुगे माओवादी नेता शक्ति बस्नेत

पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र स्वास्थ्य सचिव पुष्पा चाैधरी आठ क्विन्टल औषधि र स्वास्थ्यकर्मीकाे टाेली लिएर जाजरकोटको भाइरल प्रभावित क्षेत्र पुगेका छन् ।

यहाँको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा औषधि, डाक्टरसहितको टिम पुगेको छ ।  जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १, २ र ३ मा औषधि वितरण र सदरमुकाममा अन्तरक्रियासहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ । भाइरल प्रभावित क्षेत्रमा आठ क्विन्टल औषधिसमेत ल्याइएको छ ।

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा केही समयदेखि फैलिएकाे भाइरल नियन्त्रणमा अाउन सकेकाे छैन । जाजरकोटबाट काठमाडौँ ल्याएर राष्ट्रिय प्रयोगशाला जाँच गरेको बिरामीको नमूनामा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । जाजरकोटमा भाइरलबाट मृत्यु हुनेको संख्या १३ पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस