यस्ता फाइदा हुन सक्छ उखु बाट

सोमबार, ०७ माघ २०७५, २० : ४६
यस्ता फाइदा हुन सक्छ उखु बाट

उखु नेपालको एक प्रमुख नगदेबाली हो । यो हिउँदमा खान लायक हुन्छ । तसर्थ, अहिले उखु किसानका लागि उपयोगी समय हो । उखु व्यावसायिक खेतीसँगै घरायसी प्रयोजनका लागि समेत लगाइन्छ ।

- गाउँघरतिर उखु काँचै खाने चलन बढी छ । साथै, पेलेर गुद वा सख्खर बनाएर खाइन्छ । उखुमा चिनीको मात्रा बढी हुन्छ । ठीक मात्रामा उखु वा उखुजन्य पदार्थ सेवन गर्दा स्वास्थ्यका लागि फाइदा नै हुन्छ । यद्यपि, उमेर र अवस्था हेरेर उखु खान आवश्यक छ । जस्तै, बढी शारीरिक परिश्रम गर्ने मानिस अर्थात् क्यालोरी बढी खपत हुनेले उखु खाएमा त्यसले खासै
असर गर्दैन ।

- उखुमा क्यालोरी बढी नै हुन्छ । त्यस्तै, कार्बोहाइड्रेट र ग्लुकोज पनि पाइन्छ । यसर्थ, उखु खाएमा ऊर्जा दिने, स्फूर्ति बढाउने, रगतमा ग्लुकोजको मात्रा कायम हुन्छ । तर, फाइदा हुने नाममा धेरै उखु सेवन गर्नु पनि हानिकारक हुन्छ भन्ने बुझ्न जरुरी छ ।

- स्वस्थ व्यक्तिका लागि सामान्यतया दिनमा २५ सयदेखि तीन हजार क्यालोरी आवश्यक हुन्छ । जो ब्रेकफास्टदेखि बेलुकाको खानासम्मका लागि हो । हो, उखुमा दिनभरलाई धान्न सक्ने क्यालोरी पाइन्छ । तर, उखु बढी खाएमा मोटोपना बढ्न सक्छ । यसप्रति सचेत हुनुपर्छ ।

- मधुमेहका बिरामीले सकभर उखु नखानु र खाए पनि मात्रा कम गर्न उचित हुन्छ । उखुमा प्रशस्त मात्रामा पाइने सुगरले यस्ता बिरामीलाई असर गर्छ ।  

- चिनीको मात्रा दिनमा एक सय ५० ग्रामभन्दा बढी भएमा इन्सुलिनको मात्रा घट्दै जान्छ । जसले उच्च रक्तचाप र कोलेस्ट्रोल बढ्ने सम्भावना रहन्छ ।

- उखुको अत्यधिक सेवनले शरीरमा ग्लुकोजको मात्रा बढेर मोटोपनको सम्भावना उच्च हुन्छ । साथै, मधुमेह लाग्ने खतरासमेत रहन्छ ।  नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस