कंञ्चनवस्तीमा भएको भलिवलको उपाधी शिवशक्तिलाई

सफल खबर संवाददाता

मंगलबार, ०१ माघ २०७५, १९ : २६
कंञ्चनवस्तीमा भएको भलिवलको उपाधी शिवशक्तिलाई

चितवन । भरतपुर २१ कंञ्चनवस्ती पार्वतीपुरमा भएको चौथो कंञ्चन खुल्ला पुरुष नक–आउट प्रतियोगिताको उपाधी शिवशक्ति युवा क्लबले जितेको छ । कंञ्चन समाज विकास परिषद्को आयोजनामा भएको भलिवलको उपाधी चितवन टाइगर्सलाइ हराउदै शिवशक्तिले जितेको हो । 
निकै प्रतिस्प्रधात्मक भएको खेलमा शिवशक्तिले चितवन टाइगर्सलाइ ३–२को सेटमा हराएको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको चितवन टाइगर्स अन्य सेटमा  २५–२७, २३–२५,२६–२४ र ११–१५ मा चित्त बुझायो । शिवशक्तिले बागवानीलाई हराउदै फाइनलमा प्रवेश गरेको थियो । 

चितवन टाइगर्सले भने आज भएको सेमिफाइनलमा आर्मीको कालीबहादुर गणलाई २०–२५,२५–१७,२५–२२ र २६–२४ मा हराउदै फाइनल पुगेको थियो । 
प्रतियोगिताको बिजेता टोलि शिवशक्तिले ५० हजारसहित सिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्यो । दोस्रो हुने चितवन टाइगर्सले २५ हजार सहित सिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्यो । बागवानी युवा क्लब र नेपाल आर्मीको कालीबहादुर गणले सान्त्वना हुदै १०/१० हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी शिवशक्तिका धिरज बस्नेत घोषित भए । फाइनल अघि जानकी माविको महिला टिम बीच मैत्रीपुर्ण भलिवल भएको थियो । 

सोहि क्रममा क्लबका तर्फबाट स्थानीय बिद्यालयको खेलकुद उन्नयनको लागि ५ वटा आधारभूत बिद्यालयलाई समान ८ हजारका दरले सहयोग गरिएको थियो । आधारभूत विद्यालयहरु कन्चनबस्ति, रतनपुर, रंगिला,सितापुर र मणिपुरलाइ सहयोग प्रदान गरिएको हो । चन्दादाता दिल कुमार श्रेष्ठले सो आर्थिक रकम सहयोग गरे । त्यस्तै कंञ्चन बाल उद्यान र खेलकुदका गतिविधि संचालन गर्न टिकाराम दाहालले २ लाख को अक्षय कोष स्थापना गर्ने घोषणा गरे । स्वर्गीय पति पुण्य प्रसाद आचार्यको स्मृतिमा दिव्या शर्मा आचार्यले १ लाखको अक्षयकोष स्थापना गरिन । सस्थाको लागि भरतपुर महानगरले सहयोग स्वरुप १ लाख ५० हजार सहयोग गर्ने उपमेयर पार्वती शाहले बताइन । भरतपुर वडा न २१ ले ५० हजार सहयोग गर्ने भएको छ । वडाध्यक्ष चित्रसेन अधिकारीले १ लाख १ हजार १ सय ११ सहयोग गर्ने प्रतिवद्दता जनाए । 
समापन गर्दै भरतपुर महानगर उपप्रमुख पार्वती शाहले भरतपुर महानगर खेलकुदको विकासमा लागिरहेको बताइन । अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया सुरु भएको समेत उनले जनाइन । माघे सक्रांन्तिको विषेश अवसर पारेर कंञ्चन बाल उद्यानको खेलमैदानमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस