बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ३० पुस २०७५, १९ : ५३
बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा सोमबार साँझ बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

CG Hills

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाम्पालकोट १ घर भएका २३ वर्षीय विवेक खनाल र पछाडि सवार पाँचपोखरी थाम्पालकोट ४ बस्ने २१ वर्षीय उदित बस्नेत रहेका छन् । प्रहरीका अनुसार मुग्लिनबाट काठमााडैंतर्फ जाँदै गरेको बा ६ च ३११० नम्बरको बोलेरोले काठमाडौबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०२००३ प ५२१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

प्रहरीका अनुसार, बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार दुबै जना गम्भीर घाइते भएका थिए । घाइते दुबै जनाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने बोलेरो र त्यसका चालकलाई ईलाका प्रहरी कार्यालय मुग्लिनमा राखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस