कालो ओठ गुलाबी बनाउन यसो गर्नुहोस्

विहीबार, २६ पुस २०७५, ०७ : २८
कालो ओठ गुलाबी बनाउन यसो गर्नुहोस्

अक्सर चुरोट पिउने मानिसको ओठ कालो हुन्छ भनिन्छ । जे भए तापनि धेरै मानिस ओठ कालो भएका कारणको समाधान खोजिराखेका हुन्छन् । त्यस्तै, जाडोमा ओठ फुट्ने समस्या पनि उत्तिकै हुन्छ । यस्ता समस्याबाट छुटकारा पाउन यी चिजको उपयोग गर्न सकिन्छ :

खाने सोडा
खाने (बेकिङ) सोडामा केही तेल मिलाउनुहोस् । अनि, ओठमा लगाएर १०–१५ मिनेटजति मल्नुहोस् ।
चिनी
एक चम्चा चिनीमा आधा चम्चा मह मिसाएर ओठको मसाज गर्नुहोस् । दुई मिनेटपछि यसलाई मनतातो पानीले धुनुहोस् ।
मह
दुई चम्चा चिनीमा आधा चम्चा मह, वनिला एसेन्स र आधा चम्चा जैतुनको तेल मिलाउनुहोस् । केही बेरपछि ओठमा मसाज गर्नुहोस् । तपाईंको ओठ नरम हुनेछ ।
जैतुनको तेल
एक चम्चा चिनीमा केही थोपा जैतुनको तेल मिसाएर लगाउनुहोस् । यसले ओठ फुटेको निको हुन्छ । नयाँ पत्रिका

 

 

प्रतिक्रिया दिनुहोस