कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह : आउनूस् जुटेर विकास गरौँ

सफल खबर संवाददाता

आइतबार, २२ पुस २०७५, १४ : २९
कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह : आउनूस् जुटेर विकास गरौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई जुटेर विकास गर्न आग्रह गर्नुभएको छ । 
संसदमा आज संबोधन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल काँग्रेसलाई जवाफ दिदै भन्नुभयो, ‘सरकारले प्रतिपक्षलाई के गर्न परेको छ, त्यो गर्न तयार छ, जुटेर विकास गर्न आउनूस् । सरकार प्रतिपक्षलाई के गर्न प¥यो, त्यो गर्न तयार छ ।’ 
प्रधानमन्त्री ओलीले धमिलो पानीमा माछा मार्ने रहर नगर्न पनि नेपाली कांग्रेसलाई सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा गरेका राम्रा कामप्रति प्रतिपक्षले सहन नसकेको भन्दै राम्रा कामको प्रशंसा गर्न भुल्न नहुने बताउनुभयो ।    
‘पानीलाई धमिलो पार्ने र धमिलो पानीमा माछा मार्ने रहर नगर्नु नै उपयुक्त हुन्छ’ उहाँले भन्नुभयो । संसदमा प्रधानमन्त्री केपी ओलीको काँग्रेस र आन्दोलनरत कर्मचारीप्रति संकेत गर्दै बढी कटाक्ष गर्नुभएको थियो ।  
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कागजको डुंगा फ्याकियो, गुडिया रेल खेलाइयो । अहिले साथीहरुले पानी जहाजको टिकट काटौं भनेको काउन्टर खोइ भनेको सुनियो । हिजो पानी जहाज हुनसक्दैन भन्नेहरुले अहिले टिकट खोज्नु सकारात्मक हो । धैर्य गरौं, रेल आउँछ, पानी जहाज पनि चल्छ । टिकट काट्न पाइन्छ । म साथीहरुलाई ढुक्क हुन आग्रह गर्छु ।’
संसद बैठक चल्दाचल्दै नेपाली कांग्रेसका सांसदहरुले नारावाजी गर्दै होहल्ला गरेपछि रोष्टम घेराउ गर्न पुगेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटको लागि संसद बैठक स्थगित गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस