एजेन्सी । भारतसँग सैन्य टकराब परिरहेका बेला पाकिस्तानको लाहोरमा बिहीबार बिहान ठूलो विस्फोट भएको खबर आएको छ।
जियो टीभी र समाचार एजेन्सी रोयटर्सले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त जानकारी दिएका हुन्।
पाकिस्तानको पूर्वी सहर लाहोरमा बिहीबार बिहान एउटा विस्फोटको आवाज सुनिएको रिपोर्टमा उल्लेख छ।एआरवाई न्युजका अनुसार कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ।
रिपोर्टमा भनिएको छ- विस्फोटको आवाज धेरै ठूलो थियो र कम्तीमा तीन किलोमिटर टाढासम्म सुनिएको थियो। यो विस्फोट गुलमर्ग क्षेत्रमा भएको थियो र यहाँ नजिकै सेनाको आवासीय परिसर छन्।
पाकिस्तानी मिडियाका अनुसार कराँची विमानस्थलमा उडान अस्थायी रूपमा स्थगन गरिएको छ। विस्फोट भएको ठाउँ पाकिस्तानी विमानस्थलको धेरै नजिक छ।
रिपोर्टअनुसार विस्फोटको आवाजपछि प्रहरीले सम्पूर्ण क्षेत्रलाई घेरा हालेको छ र उद्धार टोली घटनास्थलमा पुगेको छ। यद्यपि, हाल विस्फोटमा कति जना घाइते भएका छन् भन्ने कुरा थाहा छैन।
एआरवाई न्युजले बिहान सबेरै भएको विस्फोटको आवाजले सम्पूर्ण लाहोर हल्लाएको र विस्फोटपछि मानिसहरूमा त्रासको वातावरण रहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जगदम्बा स्टिल उद्योगमा विस्फोट, कम्तीमा १ मजदुर घाइते
तेलङ्गनामा विस्फोट, ३४ जनाको मृत्यु
बाजुरामा विस्फोट हुँदा एक महिलाको मृत्यु
इजरायलको तेल अभिभमा तीन वटा बसमा विस्फोट
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
अफगानिस्तानमा आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु