काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलका दुई शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल भएको उल्लेख गरेको छ।
छलफलमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल उपस्थित छन्।
परराष्ट्र मन्त्रालयले बिहीबार साँझ मात्रै भारत-पाकिस्तानबीच जारी तनावको विषयमा एक विज्ञप्ति जारी गरेको छ। उक्त विज्ञप्तिमा नेपाल आतंकवाद विरुद्धको लडाइँमा एकजुट रहेको उल्लेख गरेको छ।
यस्तै सरकारले गभर्नर पनि नियुक्ति गर्न सकेको छैन। यसअघि ओली र देउवाबीच भएको भेटवार्तामा गभर्नर नियुक्ति कहिले गर्ने भन्ने प्रशंग पनि उठेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, २१ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली