अष्ट्रेलिया पढ्न जाने हो, कमाउन जाने होइन

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०७५, १३ : ३२
अष्ट्रेलिया पढ्न जाने हो, कमाउन जाने होइन

नारायणगढको शहीदचोकमा रहेको ‘ग्लोबल रिच’ शैक्षिक परामर्श केन्द्र हो । यसले विगत पाँच वर्षदेखि चितवनबाट शैक्षिक परामर्शको सेवा दिँदै आइरहेको छ । ‘ग्लोबल रिच’ले अष्ट्रेलिया, न्यूजिल्यान्डलगायतका देशमा उच्च शिक्षा लिन जाने विद्यार्थीहरुलाई उचित शैक्षिक परामर्शको सेवा दिइरहेको छ । पछिल्लो समय ‘ग्लोबल रिच’बाट शैक्षिक परामर्श लिएर पढ्न जाने विद्यार्थीहरु संख्या बढ्दो छ । ‘ग्लोबल रिच’नारायणगढले जनवरी १६ तारिकमा (यही माघ २ गते बुधबार) होटल गार्डेन रिसोर्ट भरतपुरमा अष्ट्रेलियन फेयर आयोजना गरको छ । जसको नाम ‘दी अष्ट्रेलियन युनिभरसिटी फेयर’ दिइएको छ । 
समग्रमा ‘ग्लोबल रिच’ कस्तो परामर्श केन्द्र हो ? आउँदै गरेको अष्टेलियन फेयर कसरी सञ्चालन हुन्छ ? कति युनिभरसिटी र कलेजहरु सहभागी हुन्छन् ? ग्लोबल रिचले कस्तो खालको सेवाहरु उपलव्ध गराइरहेको छ ? लगायतका विषयमा केन्द्रित रहेर यस संस्थाका नारायणगढ शाखाका रिजनल स्टुडेन्ट सर्भिस म्यानेजर सुरेश पौडेलसँग सफल खबरले गरेको संक्षिप्त कुराकानी :

‘ग्लोबल रिच’ कस्तो संस्था हो ? यसले केके काम गर्दै आइरहेको छ ? 
‘ग्लोबल रिच’ उचित शैक्षिक परामर्श (काउन्सेलिङ) दिने संस्था हो । मूलतः यसले शैक्षिक परामर्शको काम गर्छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, न्यूनिल्याण्ड, यूएस, क्यानडालगायतका विकसित देशहरुमा विदेश जान चाहने विद्यार्थीहरुलाई उचित काउन्सेलिङ गर्ने काम गर्छ । खास गरी ग्लोबल रिचले अष्टेलिया, न्यूजिल्याण्ड यसले बढी विद्यार्थी पठाइरहेको छ । नारायणगढको शहीदचोक नजिक ग्लोबल आईएमई बैंक रहेको भवनको तेस्रो तलाबाट यसले आफ्नो सेवा दिइरहेको छ । सही शैक्षिक परामर्श दिनु यसको मुख्य उद्देश्य हो । ग्लोबल रिच मल्टिनेशनल कम्पनी हो ।

 ‘ग्लोबल रिच’ले अष्ट्रेलियन फेयर आयोजना गरेको छ, यो फेयर कस्तो खालको हो ? यसमा कति युनिभर्सिटी र कलेजले सहभागी जनाउँछन ? 
‘ग्लोबल रिच’नारायणगढले जनवरी १६ तारिकमा (यही माघ २ गते बुधबार) होटल गार्डेन रिसोर्ट भरतपुरमा अष्ट्रेलियन युनिभरसिटी फेयर आयोजना गरेको छ । ग्लोबल रिचले वर्षको २ पटक यस्तो फेयर आयोजना गरेको छ । फेयरमा स्टुडेन्टहरुको बाक्लो सहभागिता रहँदै आएको छ । माघ २ गते हुने फेयरमा १६ वटा संस्थाहरुले भाग लिनेछन् । अष्ट्रेलियका १३ वटा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी हुनेछन् । ३ वटा कलेजको पनि यो फेयरमा सहभागी रहनेछन् । 
विद्यार्थीहरु र अभिभावकमा कुनै कुरामा द्विविधा हुन्छन् भने त्यो कुराको निराकरण फेयरमा हुनेछ । विश्वविद्यालयका प्रतिनिधिहरु, कलेजका प्रतिनिधिहरुले नै विद्यार्थी र अभिभावकलाई सही सूचना दिनेछन् । कलेजका प्रतिनिधि र विश्वविद्यालयका प्रतिनिधिहरुले सीधै विद्यार्थीहरुलाई काउन्सेलिङ गर्नेछन् । सही सूचना सही व्यक्तिलाई उपलव्ध गराउन फेयरको आयोजना गरिएको हो । कुन विषय पढ्ने ? कहाँ पढ्ने ? कति खर्च लाग्छ ? कति समय काम गर्न पाइन्छ ? यस्ता यावत विषयमा अभिभावकसहित विद्यार्थीहरुलाई सही सूचना दिन फेयरको आयोजना गरिएको हो । यस फेयरपछि विद्यार्थीहरुले सही सूचना दिएर सही गन्तव्य पहिल्याउन सक्नेछन् । वास्तविक सूचना दिन ग्लोबल रिच निरन्तर लागिरहेको छ । 

‘ग्लोबल रिच’ नै विद्यार्थीहरुले किन रोज्ने ? 
ग्लोबल रिचले अष्ट्रेलियाका प्रायः सबै युनिभर्सिटीसँग अनुमति लिएको छ । यसले अष्टे«लियाका प्रायः सबै युनिभर्सिटीमा विद्यार्थी पठाउन सक्छ र पठाइरहेको छ । यहाँ आउने विद्यार्थीहरुले युनिभर्सिटीको रोजाइमा च्वाइस गर्न पाउने भए । ग्लोबल रिचमा आइरहँदा सेलेक्सन अपरचुनिटी भयो । कुनै पनि विद्यार्थीसँग सर्भिस चार्ज ग्लोबल रिचले लिदैन । विना चार्ज हामी सर्भिस दिन्छौँ । सही सूचना दिनु र विद्यार्थीहरुलाई उचित गन्तव्य देखाउनु हाम्रो उद्देश्य हो । 
ग्लोबल रिचले विना सर्भिस चार्ज काम गरिरहेको छ । चाहे भिजा लागे पनि नलागे पनि हामीकहाँ सर्भिस चार्ज लाग्दैन । हामी सही सूचना दिन्छौँ, यसमा हामी कुनै कन्जुस्याइँ गर्दैनौँ । अहिले फेयरमा पनि विश्वविद्यालयका प्रतिनिधिहरु आफैँ आएर स्टल राखेर सही सूचना दिन्छन् । यो साउथ एसियमा यो ठूलो कम्पनी पनि हो । न्युजिल्यान्डलगायतका अन्य देशहरुमा पनि विद्यार्थी पठाउन पाइने अनुमति लिइएको संस्था हो । त्यसकारण विद्यार्थीहरुले ग्लोबल रिच रोजिरहेका छन् । 

पछिल्लो समय अष्ट्रेलियामा समस्याहरु बढी छन् भन्ने सुनिन्छ, अहिले त्यहाँको अवस्था कस्तो छ ?
अष्टेलिया विद्यार्थीहरु पढ्न जाने नै हो । हामीले पढ्नकै लागि पठाउने हो । त्यहाँ गएर काम गरेर कमाउँछु भन्ने उद्देश्य राखिनुहुँदैन । काम त खाली समयमा गर्ने अवसर मात्र हो । तर वास्तवमा अष्टेलिया पढ्नै जाने हो । पढ्न जाँदा खर्च कति लाग्छ, त्यहाँको वातावरण कस्तो छ, त्यहाँको शुल्क तिर्न सक्छु सक्दिनँ भन्ने कुरा पहिले नै विद्यार्थी अभिभावकले बुझ्नुपर्छ । नबुझेर विद्यार्थी समस्यामा परेका छन् । कतिले आत्महत्या गरेका छन् । कति डिप्रेसनमा पनि परेका छन् । कति फर्केर आएका छन्, यो सबै सही परामर्श नपाएर नै हो । हामी सही परामर्श दिन्छौँ । 
अष्टेलियामा कलेजले काम गर्न नदिने भन्ने होइन । हप्ताको २० घण्टा काम गर्न त्यहाँको सरकारले दिन्छ । बिदाको समयमा त फूल टाइम काम गर्न पाइन्छ । धेरै काम ग¥यो भने कलेजमा उपस्थिति पुग्दैन । कलेजमा ८० प्रतिशत हाजिर हुनैपर्छ । हाजिर पुगेन भने भिजा रद्द हुन सक्छ । यस्तो अवस्थामा समस्या हुन सक्छ । 
अष्टेलिया जाने विद्यार्थीहरुहरुको उद्देश्य पढाइ हुनुपर्छ । पढिसकेपछि थुप्रै अवसरहरु छन् । नबुझीकन अष्टे«लिया जाने विद्यार्थीहरु समस्यामा परेका छन् । उचित परामर्श लिएर जानुपर्छ । गएको खर्च र कलेजको शुल्क सबै म कमाएर तिर्छु भन्नेहरुलाई अष्टेलिया राम्रो गन्तव्य होइन । यहाँका अभिभावकले बच्चालाई पढ्न पठाउने हो । आर्थिक पक्ष गाह्रो हुनेहरुलाई अष्टेलिया नजान भन्छु म । शुल्क तिर्न सक्दैन भने किन जाने अष्ट्रेलिया ? पहिला पढ्ने, पढिसकेपछि कमाउने भन्ने उद्देश्य विद्यार्थीहरुले लिनुपर्छ । 

ग्लोबल रिचले छात्रावृत्तिमा पनि विद्यार्थीहरु पठाइरहेको छ ?
अवश्यै पठाइरहेका छौँ । यसमा विश्वविद्यालयको मापदण्ड छ । व्याचलरमा ७० प्रतिशतभन्दा माथि अंक छ भने केही न केही स्केलर्सिप पाइरहेका छन् । कति विद्यार्थीहरुलाई हामी फुल स्केलर्सिपमा पठाइरहेका छौँ । कतिलाई ५० प्रतिशत कतिलाई २५ प्रतिशत कतिलाई १५ प्रतिशत स्केलर्सिपमा पठाइरहेका छौँ । त्यसको लागि विद्यार्थीहरुले उचित मापदण्ड पूरा गर्नुपर्छ । राम्रो मार्क ल्याएको हुनुपर्छ । हरेकमा एक्स्ट्रा दिन सक्नुपर्छ । कति विद्यार्थीहरु स्केलर्सिप पाउने भए पनि शुल्क तिरेर गइरहेका छन् । त्यस्ता विद्यार्थीहरुलाई ग्लोबल रिच भेट्न आग्रह गर्छु । हामी प्लस टुदेखि मास्टर्ससम्मका विद्यार्थीहरुलाई स्केलर्सिपमा पठाइरहेका छौँ । 
ग्लोबल रिचको चितवनबाटै विद्यावारिधीको लागि फुल स्केलर्सिपमा ४ जना पठाएको छ । रमेश शर्मा पौडेल, श्रीकृष्णकान्त पौडेल, शक्ति श्रेष्ठ र युवराज सुवेदी पूर्ण छात्रवृत्तिमा विद्यावारिधि गर्न अस्ट्रेलिया जानुभएको छ । उहाँहरुलाई खान बस्न, केही लाग्दैन । कलेजले सबै छुट दिएको छ । यो ग्लोबल रिचबाटै भएको हो । 

कन्सल्टेन्सीहरुले विद्यार्थीहरु पठाइरहँदा चर्को शुल्क उठाइरहेको आरोप पनि छ, यसमा के भन्नुहुन्छ ? 
ग्लोबल रिचले मात्रै होइन कुनै पनि कन्सल्टेन्सीले विद्यार्थीसँग चर्को पैसा असुल्न पाउँदैनन् । अहिलेको आधुनिक प्रविधियुक्त समयमा वेबसाइटहरुमा कति शुल्क लाग्ने, कति खर्च लाग्ने, कति समय काम गर्न पाइने सबै कुरा उल्लेख गरिएको हुन्छ । युनिभर्सिटी र त्यसमा लाग्ने शुल्कबारे प्रस्ट लेखिएको हुन्छ । विद्यार्थीले जति पैसा बुझाउँछन्, सबै आफू पढ्न जाने युनिभर्सिटीमा बुझाउने पैसा हो, हामीले लिने पैसा होइन । त्यो पैसा सीधै युनिभर्सिटीको खातामा जम्मा हुन्छ । हामी त एउटा माध्यममात्रै हौँ । सबै कुरा युनिभर्सिटी, कलेजहरुले खुलाइदिएको हुन्छ, अनि कसरी चर्को शुल्क लिन मिल्छ ? 

विद्यार्थीको रोजाइमा सबैभन्दा बढी अस्ट्रेलिया नै पर्नुको कारणहरु केके हुन् ?
सबैभन्दा पहिले विद्यार्थीका लागि गुणस्तरीय शिक्षाको आवश्यकता पर्छ, सँगसँगै आफू कसरी सुरक्षित हुने भन्नेमा पनि भर पर्छ । त्यसैले, सुरक्षित भविष्यका लागि पनि अस्ट्रेलिया नै बढी जाने गरेका छन् । पढाइ पूरा गरिसकेपछि रोजगारको हिसाबले अस्ट्रेलियामै काम गरे पनि स्वदेश फर्किए पनि राम्रो आम्दानी गर्न सकिने भएकाले विद्यार्थी र अभिभावकको रोजाइमा अस्ट्रेलिया नै हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस