फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई दिए तीन लाख पुरस्कार

सफल खबर संवाददाता

मंगलबार, १७ पुस २०७५, ०९ : ५४
फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई दिए तीन लाख पुरस्कार

काठमाडौं । विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका महेश्वर महर्जन नगदसहित सम्मानित भएका छन् । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले पूर्व घोषित नगद पुरस्कार ३ लाख रुपैयाँ प्रदान गरी महेश्वरलाई सम्मान गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले १० पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महेश्वरलाई स्वागत गर्न आयोजित कार्यक्रममा व्यक्तिगत रूपमा प्रोत्साहनस्वरुप महेश्वरलाई नगद ३ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

सोही कार्यक्रममा फिट्नेस च्वाइसका प्रबन्ध निर्देशक उत्तम सिलवालले १ लाख २० हजार, शारीरिक सुगठन संघका सदस्य मोहनकृष्ण श्रेष्ठले ५१ हजार, शारीरिक सुगठन संघका प्रथम उपाध्यक्ष एवं पूर्वएआईजी विजयलाल कायस्थ, शारीरिक सुगठन संघका उपाध्यक्ष राजेश उपाध्याय र डिभाइन फिजिकल फिट्नेस सेन्टरले समान ५० हजार, आरभ मल्टिनेसन प्रालिकी रज्जु रन्जितकार तथा शारीरिक सुगठन संघका कोषाध्यक्ष सागर बगालेले समान २५ हजार नगद पुरस्कार महेश्वरलाई उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस