अनुगमनमा कैफियत भेटिएपछि एक कम्पनीलाई जरिवाना

सफल खबर संवाददाता

सोमबार, ०९ चैत्र २०८२, ०७ : ५३
अनुगमनमा कैफियत भेटिएपछि एक कम्पनीलाई जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको छ ।

स्थलगत निरीक्षण तथा अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले काठमाडौँ महानगरपालिका– २२ सुन्धारास्थित मुम्बई जाइकालाई १० हजार जरिवाना गरेको हो ।

विभागले आइतबार विभिन्न १३ वटा फर्ममा निरीक्षण गरेको थियो । सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

तीमध्ये १२ वटा फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकारवालाको उपस्थितिमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस