‘वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको छ’: अर्थमन्त्री वाग्ले

सफल खबर संवाददाता

बुधबार, २७ जेठ २०८३, ११ : २०
‘वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको छ’: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धी छलफलमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । ‘प्रधानमन्त्रीज्यू र म माथि नियोजित रूपमा घेरा बन्दी र आक्रमण भइरहेको छ,’ अर्थमन्त्री वाग्लेले भने,

'नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दै छ । हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ ।’

सार्वभौम सांसदका माननीज्यूहरु पनि यस्तो समूहका कुराहरूबाट प्रभावित नहुन उनले आग्रह गरे । संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस