बाली । इन्डोनेसियाको सबैभन्दा सक्रियमध्येको एउटा ज्वालामुखी विस्फोट भएपछि बाली जाने र त्यहाँबाट बाहिरिने कयौँ उडानहरू रद्द भएका वा ढिला गरिएका छन् । फ्लोरेस टापुस्थित लेवोतोबी लाकी–लाकी हिमालमा मंगलबार ज्वालामुखी विस्फोट भएको थियो ।
ज्वालामुखी एजेन्सीका अनुसार स्थानीय समयअनुसार साँझ १७ः३५ मा त्यहाँको आकाशमा ११ किमीभन्दा माथिसम्म बाक्लो खरानी देखिएको थियो । यस घटनामा हताहतको कुनै खबर आएको छैन । अधिकारीहरूले सतर्कता स्तर बढाएर सबैभन्दा उच्चमा पुर्याएका छन् ।
स्थानीयहरूलाई पनि ज्वालामुखी विस्फोट भएको ठाउँबाट ७ किमी वरपर सकेसम्म नजान र कुनै पनि गतिविधि नगर्न सुझाव दिइएको छ । ज्वालामुखीबाट निस्किएको खरानीको प्रभावबाट जोगिन स्थानीयहरूलाई मास्क लगाएर बस्न अनुरोध गरिएको छ ।
बालीतर्फ र बालीबाट उडान रद्द हुनेमा एयर इन्डिया, एयर न्यूजिल्यान्ड, जेटस्टार, जुनेयाओ एयरलाइन्स, सिंगापुर एयरलाइन्स र भर्जिन अस्ट्रेलिया रहेका छन् । ज्वालामुखीका कारण २० भन्दा धेरै उडान रद्द गरिएको आई गुस्ती नगुराह राय अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट डेटाले देखाएको छ ।
फ्लोरेसका लागि एयर एसियाका कयौँ घरेलु उडान पनि रद्द भएका छन् । गएको नोभेम्बरमा पनि लेवोतोबी लाकी–लाकी हिमालमा कयौँ पटक ज्वालामुखी विस्फोट भएका थिए । यस घटनामा नौ जनाको मृत्यु भएको थियो भने हजारौँ घर छाडेर हिँड्न बाध्य भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेसियामा पहिरोमा परेर मर्नेको संख्या २७ पुग्यो
ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियामा कयौँको मृत्यु
इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो निर्वाचित