बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पहिलो पटक महिला प्रहरी अधिकृतले नेतृत्व सम्हालेकी छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरालाई बाजुराको प्रहरी प्रमुखका रूपमा खटाएपछि जिल्लाको सुरक्षा कमाण्ड अब महिला अधिकृतको काँधमा पुगेको हो ।
प्रहरी संगठनभित्र उनी अनुसन्धानमा दक्ष, अनुशासित र परिणाममुखी अधिकृतका रूपमा परिचित छिन् । विशेषगरी अपराध अनुसन्धान र समन्वयात्मक कार्यशैलीमा उनको अनुभवलाई प्रभावकारी मानिन्छ । बाजुरामा कार्यरत डीएसपी इकबाल हवारीको जिल्ला प्रहरी कार्यालय नुवाकोट मा सरुवा भएपछि बोहरालाई बाजुरा पठाइएको हो ।
डीएसपी बोहरा सम्भवतः सुदूरपश्चिम प्रदेशमै जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हाल्ने पहिलो महिला प्रहरी अधिकृत बनेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ जेठ २०८३, ०७ : ४८
लेखकबाट थप