बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी स्थापना दिवसको सन्दर्भ पारेर महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो। बैठकमा सभापति रवि लामिछानेले महाधिवेशनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई केन्द्रीय समितिले अनुमोदन गरेको नेता प्रकाशचन्द्र परियारले जानकारी दिए।
महाधिवेशनको मिति घोषणा भएसँगै पार्टीको केन्द्रीय समिति आयोजक समितिमा परिणत भएको छ। साथै महाधिवेशनको व्यवस्थापन र सञ्चालनका लागि विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको पार्टीले जनाएको छ।
रास्वपाले ७७ वटै जिल्लाबाट प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य राखेको छ। त्यसका लागि प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरिएको छ।
निर्धारित कार्यक्रमअनुसार जेठ २६ गते बागमती प्रदेश, २७ गते कोशी, २८ गते मधेश, २९ गते गण्डकी, ३० गते लुम्बिनी, ३१ गते कर्णाली तथा असार १ गते सुदूरपश्चिम प्रदेशमा अधिवेशन आयोजना गरिनेछ।
पार्टीले स्थानीय तहस्तरमा पनि अधिवेशनको तयारी अगाडि बढाएको जनाएको छ। कुनै पालिकामा अधिवेशन सम्पन्न हुन नसके हाल कार्यरत पालिका संयोजकलाई नै महाधिवेशन प्रतिनिधि बनाइने व्यवस्था गरिएको नेता परियारले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० बैशाख २०८३, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आजै
रास्वपा महाधिवेशनमा गृहमन्त्री गुरुङद्वारा मतदान
रास्वपा महाधिवेशन-मतदान अनिश्चित
रास्वपा महाधिवेशन: रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी
रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी
रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै